७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मापदण्ड बिना गुड्ने सार्वजनिक सवारी कारबाहीमा

अ+ अ-

काठमाडौँ । कोभिड–१९ को जोखिमका समयमा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना नगरी बढी यात्रु बोकेका सार्वजनिक सवारीलाई कारबाही गरिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा स्वास्थ्य मापदण्ड नअपनाई सञ्चालन भएका ३० सार्वजनिक सवारीलाई कारबाही गरेको हो।

कोभिड–१९ को सङ्क्रमण जोखिम कायमै रहेका बेला तोकेको स्वास्थ्य मापदण्ड पूरा नगरी सञ्चालनमा आएका सार्वजनिक यातायातको विशेष जाँच अभियान चलाउँदा ती सवारी कारबाहीमा परेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

दिनभर नियन्त्रण लिई आगामी दिनमा गल्ती नगर्ने सर्तमा छाडिएको र अर्को पटक पनि फेला परेमा थप कारबाही गरिने ढकालले बताए।

सार्वजनिक यातायातमा चढ्ने सबै यात्रुले मास्क लगाउनुपर्ने, स्यानिटाइजर प्रयोग गर्नुपर्ने, चालकले पन्जासहित मास्क पनि लगाउनुपर्ने, सिटको एक लहरमा एक जना मात्रै यात्रु राख्नुपर्ने र तोकिएको भाडादारको ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था छ। तोकिएको व्यवस्थालाई दुरुस्त पालना गराउनको लागि ४४ वटै ट्राफिक कार्यालयबाट विशेष टोली परिचालन गरिएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस