११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गिरीको रिटमाथि आज सुनुवाइ हुँदै, के गर्ला सर्वोच्चले निर्णय ?

अ+ अ-

काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले दिएको रिटमाथि सर्वोच्च अदालतले आज सुनुवाइ गर्ने भएको छ । पार्टीले आफूलाई कानुनविपरीत रहेर कारबाही गरेको भन्दै सर्वोच्च अदालतमा गिरीले रिट हालेकी थिइन् । आजको इजलासमा गिरीको मात्रै मुद्दा तोकिएको बताइएको छ । न्यायाधिश हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडाको इजलासले गिरीको मुद्दा हेर्नेछन् ।

समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्न जारी गरेको ह्वीप नमानेको भन्दै गिरीलाई पार्टीको साधारण सदस्य र संसद् सदस्यबाट हटाउने निर्णय गरेको थियो। त्यस विरूद्ध गिरीले २८ असारमा पार्टी, संसद् सचिवालय लगायतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट हालेकी थिइन्। उनले आफूमाथिको कारबाही कानून विपरीतको भएको दाबी गर्दै कारबाही गर्ने निर्णय बदर गर्न माग गरेकी हुन्।

असार ३० मा सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माले सरिता गिरीमाथि किन कारबाही गरिएको हो भन्ने कारण माग गर्दै अन्तरिम आदेश गर्ने वा नगर्ने छलफल गर्न दुवै पक्षलाई बोलाउने निर्णय गरेका थिए। गिरीले यो रिटमा सर्वोच्च अदालतबाट तुरून्तै अन्तरिम आदेश जारी गर्न माग गरेकी छन्। आज सर्वोच्च अदालतमा यसैबारेमा सुनुवाइ हुन लागेको हो। गिरीमाथिको कारबाही अन्तरिम आदेशले रोकिदिने वा अहिलेलाई अन्तरिम आदेश नदिने र मुद्दाको किनारा लगाउँदा नै समाजवादी पार्टीको निर्णयको वैधता जाँच गर्ने भन्नेमध्ये सर्वोच्चले कुनै एक निर्णय दिनेछ।

सांसद गिरीले लिम्पियाधुरा समेत समेटेको नयाँ नक्शा जारी पछि नेपालको निशान छापमा समेट्न भएको संविधान संशोधनमा विरोध जनाएकी थिइन् । उनले संसद बहिस्कार गरेकी थिइन् । उनलाई समाजवादी पार्टीले पनि संविधान संशोधन प्रस्तावमा विरोध नगरी पार्टीको ह्वीप मान्न आग्रह गरेको थियो । तर उनले पार्टीको ह्वीप पनि नमानेको कारण समाजवादी पार्टीले कारबाहीको निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस