१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीमा सलहबाट ४० प्रतिशत बालीमा क्षति

अ+ अ-

कर्णाली । ‘इतिहासमा फट्याङ्ग्राको यत्रो सङ्ख्या देखेको पहिलोपटक हो, जसलाई सलहभन्दा रहेछन्’, वीरेन्द्रनगर नगरपालिका– ७ सुर्खेत इत्रामका ६९ वर्षीय मनकुमारी गुरुङले भनिन्, ‘एकैपटक आकाश र घरको बारीमा करोडौँको सङ्ख्यामा सलहको हुल देख्दा म त दङ्ग परे ।’

शुक्रबार ठुलोे सङ्ख्यामा सलह यहाँका नागरिक आश्चर्य चकित परे । कतिले दङ्ग खाएर प्रश्न गर्दै थिए । यो करोडौँको सङ्ख्यामा सलह कहाँबाट कसरी आयो र कहाँ गएर टुङ्गिन्छ रु यसलाई कसरी भगाउन सकिन्छ रु यद्यपि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रेडियो, टिभी, अनलाइन तथा पत्रपत्रिकाबाट पूर्वतयारीका लागि सूचना गरिएबमोजिम यहाँका स्थानीयले सडक, चौर र घरको छतमा निस्केर थाल, मादल बजाउँदै, ढ्याङ्ग्रो ठोके ।

दुई÷तीनवर्षे बालकदेखि ज्येष्ठ नागरिक बाहिर निस्कँदा सुर्खेतको दृश्य मेला जस्तै बनेको थियो । धेरै घरका छतमा ठूलो आवाजमा साउण्ड बक्ससमेत खोलिए । वीरेन्द्रनगर उपत्यका तथा सुर्खेतका विभिन्न स्थानीय तहमा आगो बालेर धुवाँ निकाले । तर पनि सलह भागेनन् ।

शुक्रबार ३ः०० बजे कर्णालीमा प्रवेश गरेर भोकाएको स्वार्म लेट नामको सलहले शनिबार बिहान ४० प्रतिशत बालीनालीमा क्षति पुर्‍याएको कृषि विकास निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए ।’सलहले भेरीगङ्गा नगरपालिकाको दशरथपुर, रामघाट, छिन्चु र हर्रे, लेकबेंसी नगरपालिकाको कल्याण र चिङ्गाड गाउँपालिकाको मकै, धान र भट्टमास बालीमा क्षति पुर्‍याएको छ’, निर्देशक रोकायले भने, ‘यसको व्यवस्थापनका लागि एकीकत कृषि प्रयोगशालालाई जिम्मा दिइएको छ ।’ उनका अनुसार फेरि पनि भदौमा यसभन्दा ठूलो सलहको बथान आउने अनुमान गरिएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत धनबहादुर कठायतले दुई दिनदेखि सलह भगाउन नसकिएको बताए । ‘सलह उत्तर पूर्वतर्फ लागेको छ, सुर्खेतको मेहलकुना, रतु, गर्पन हुँदै दैलेखतर्फ लागेको छ’, सूचना अधिकारी कठायतले भने ।

बिहान ६ः०० देखि ९ः०० बजेको समयमा यसले बाली बढी क्षति गर्ने भएकाले प्राविधिक प्रभावित क्षेत्रको फिल्डमा पुगेको उनले बताए। भारतको राजस्थानबाट नेपालगञ्ज हुँदै करोडौँको सङ्ख्यामा कर्णाली प्रवेश गरेको सलह जुम्लासम्म पुगे पनि क्षतिबारे कुनै जानकारी नआएको कृषि विकास निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले सलहले पुर्‍याएको क्षति यकीनका लागि सूचना सङ्कलन गर्न कर्मचारी फिल्डस्तरमै पुगेको बताइन् । सलह प्राकृतिक विपत्ति भएकाले किसानहरुलाई मारमा पर्न नदिन प्रदेश सरकारले आगामी बैठकबाट उचित निर्णय लिन मन्त्री केसीले जनाइन् ।

सलह भगाउन स्थानीय विधिले उपया नलागेपछि सबै बाली सखाप पार्ने हो कि भन्ने चिन्तामा किसान छन् । उनीहरुले कृषि प्राविधिकलाई फोन सम्पर्कबाटै सलहको रोकथाम तथा क्षति भएको बाली अवलोकन गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस