काठमाडौँ । सिद्धार्थ बैङ्कका पूर्व सञ्चालक मधुसूदन सिलवाल पक्राउ परेका छन् । बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी सिलवाललाई केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) को टोलीले आइतबार पक्राउ गरेको हो ।
सिलवालमाथि दुई ओटा बैङ्किङ कसुरका मुद्दा दायर भएको ब्युरो स्रोतले जानकारी दिएको छ ।
उनलाई एउटा मुद्दामा दुई वर्ष कैद र ३० लाख धरौटी जफत र अर्कोमा तीन वर्ष कैद र एक करोड रुपैयाँ जरिवाना सजाय तोकिएको थियो । सिलवालमाथि कमसल धितो कर्जा लिएको अभियोग लागेको थियो ।