८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैज्ञानिक वनका नाममा झुक्याउनेलाई कारवाही गरियोस् : फेकोफन

अ+ अ-

काठमाडौँ । सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपाल (फेकोफन)ले सामुदायिक वनले दिगो व्यवस्थापनअनुसार बनाएको कार्ययोजना कार्यान्वयन गर्न नदिने र वैज्ञानिक वनका नाममा समुदायको लाखौँ खर्च गराएर कार्ययोजना बनाइ उपभोक्ता झुक्याउनेलाई कारवाही गर्न माग गरेको छ ।

फेकोफनले वैज्ञानिक वन व्यवस्थापनका नाममा मुलुकभर सालका रुख कटानमा देखिएको अनियमितताका सम्बन्धमा वन नीति, ऐन र नियमावलीअनुसार सामुदायिक वन उपभोक्ता समूहको स्वायत्त अधिकारमा हस्तक्षेप नगरी छानविनको माग गरेको छ ।

फेकोफनका अध्यक्ष भारती पाठकले विज्ञप्तिमार्फत समस्या नभएका सामुदायिक वनको काठ तत्काल ओसारपसार गरी व्यवस्थापन गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन् ।

नेपाल सरकारले वैज्ञानिक वनलगायत वन व्यवस्थापनका नाममा देशका विभिन्न ठाउँमा अनियमित तरिकाले काठ कटान भएको भन्दै गत जेठ १५ गते मन्त्रिपरिषद्को निर्णयमार्फत रुख कटान सङ्कलन ढुवानी र ओसारपसार तत्काल प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

फेकोफनलगायत सरोकारला संस्थाले त्यसमा पुनःविचार गर्न सरकारलाई अनुरोध गरेका थिए । त्यसपछि सरकारले जेठ २८ गते सालबाहेकका अन्य प्रजाति काठको सङ्कलन ढुवानी खुलाउने निर्णय गर्दै गत असार ३ गते डा नेत्रप्रसाद तिमल्सिनाको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानविन समिति बनाएको थियो ।

सरकारले उच्चस्तरीय छानविन समिति बनाएलगत्तै संसद्को सार्वजनिक लेखा समितिले सांसद प्रदीप यादवको संयोजकत्वमा र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले सांसद शान्ता चौधरीको संयोजकत्वमा अध्ययनका लागि भनेर एक/एक उपसमिति बनाएर छानविन प्रक्रिया अगाडि बढाएको छ ।

वनको वर्तमान अवस्थामा आइपुग्दा सामुदायिक वनलाई नै असफल बनाउने नियतले विसं २०७१ मा वैज्ञानिक वन व्यवस्थापन कार्यविधि बनाएर सालका रुख फँडानी गर्ने तर उपभोक्ता समुदायलाई आफ्नो नियमित कार्य योजनाअनुसार काम गर्न नदिने गरी वन कार्यालय सक्रिय भएकाले वर्तमान अवस्था सिर्जना भएको फेकोफनको आरोप छ ।

नेपालको वन व्यवस्थापनका विभिन्न पद्धतिमध्ये वनको दिगो व्यवस्थापन पद्धति अपनाएर काम गरिरहेको सामुदायिक वन कार्यक्रम विश्वसमुदायमा नै नमूनाका रुपमा सफल भएको अध्यक्ष पाठकको दाबी छ । रासस

प्रतिक्रिया दिनुहोस