८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोनाले वैदेशिक रोजगारी र अर्थतन्त्रमा पारेको प्रभाव

अ+ अ-

१. पृष्ठभूमि

नेपालको लागि वैदेशिक रोजगारीको क्षेत्र खुल्ला भएको २०० वर्ष जति भयो । नेपाल सरकारले श्रम स्वीकृति दिन आ.ब. २०५०/५१ देखी सुरु गरेको हो । त्यो वर्ष ३ हजार ६ सय ५ जना श्रम स्वीकृति लिएर बिदेशिएका थिए भन्ने अहिले औपचारिक रूपमा बिदेसिनेको सङ्ख्या ५० लाख पुगेको छ । नेपाल सरकारले संस्थागत रूपमा ११० देशमा वैदेशिक रोजगारीका लागि खुल्ला गरेको भए तापनि व्यक्तिगत प्रयोजनमा १७२ मुलुकमा नेपालबाट दक्ष, अदक्ष र अर्धदक्ष जनशक्तिले श्रम बेची रहेका छन् । ती मध्ये १.५ % दक्ष, २३% अर्धदक्ष र ७५.५% अदक्ष रहेका छन् । श्रम शक्ति सर्वेक्षण २०७४ का अनुसार १५ वर्ष माथिको श्रम सहभागिता दर ३८.५ % रहेको छ । नयाँ श्रम शक्तिको लागि पर्याप्त रोजगारी सृजना हुन नसकेका कारण श्रमको माग र आपूर्ति बिच ठुलो अन्तर छ । नेपालमा प्रतिवर्ष करिब ५ लाखका दरले नयाँ  श्रम शक्ति श्रम बजारमा प्रवेश गर्ने गरेका छन् । प्रत्येक वर्ष श्रम बजारमा प्रवेश गर्ने युवाहरू मध्ये ७५% विदेशीने गरेका र २५% मात्र स्वदेशमा रोजगारी खोजी गर्दछन् । देशमा बेरोजगार जनसङ्ख्या १४ प्रतिशत रहेको र देशमा रोजगारीको वृद्धिदर केवल २.९% मात्र रहेको छ । आ व २०७६/ ७७ को फागुन मसान्तसम्ममा वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको सख्या ५० लाख ४१ हजार रहेको छ भने ४७ लाख ९२ हजार  कामदार वैदेशिक रोजगारीमा गएका छन् । यस मध्ये ४५ लाख ५५ हजार पुरुष र २ लाख ३७ हजार महिला छन् । यसमा महिलाको हिस्सा १० प्रतिशत रहेको छ । आ.ब. २०७६/०७७ को फागुन मसान्तसम्म दैनिक १५ सयको अनुपातमा वैदेशिक रोजगारीमा जाने गरेकोमा कोरोना संकेरमण सुरु भए  यता क्रमशः वैदेशिक रोजगारी गुम्दै जान थाले पछि दैनिक १८ सयको अनुपातमा नेपाल फर्किन थालेका छन् । नेपालको श्रम बजारमा रोजगारीको अवसरको कमी, न्यून पारिश्रमिक, श्रमको कदर नगर्ने संस्कार, शिक्षा, सूचना र प्रविधिको विकास र युवाहरूमा बढ्दो महत्वकांक्षाले युवाहरूको बिदेशिने क्रम निरन्तर वृद्धि भई रहेको छ । त्यसै गरी लगानी मैत्री वातावरणको अभावले उद्योगहरू फस्टाउन सकेको छैन । विगत लामो समयदेखि वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सबाट गरिबी निवारण र आर्थिक क्रियाकलापहरू बिस्तारमा महत्त्वपूर्ण योगदान रहँदै आएको छ । प्राप्त रेमिट्यान्सले देशको अर्थतन्त्र सञ्चालनमा सञ्जीवनी बुटीको काम गरी रहेको छ  ।

२. वैदेशिक रोजगार र रेमिट्यान्सको अवस्था 

नेपालमा आर्थिक वर्ष २०३१/३२ देखि मात्र रेमिट्यान्सको विवरण राख्न थालेको पाइन्छ । आर्थिक वर्ष २०३१/३२ मा २० करोड रेमिट्यान्स नेपाल भित्रिएको थियो । त्यस यता उल्लेख्य बुद्धि हुँदै आएको छ । आर्थिक वर्ष २०७५/७६ मा रु ८ खर्व ७९ अर्व रेमिट्रान्स भित्रिएको छ । आर्थिक वर्ष २०७६/७७ को जेष्ठ मसान्त सम्ममा ७ खर्व ४४ अर्व ८७ करोड प्राप्त भएको छ । नेपालले भारतबाट १ अर्व २८ करोड रेमिट्यान्स भित्र्याउँदो रहेछ भने ३ अर्व ६० करोड नेपालबाट भारत जाँदो रहेछ । पछिल्लो समय विश्व बैङ्कले गरेको सर्वेक्षण अनुसार सन २०२० मा कोरोना महामारीका कारणले विश्वमा रेमिटेन्स आप्रबाह २०% ले घट्ने अनुमान गरेको छ । यसले दक्षिण एसियामा २२.१% र नेपालमा १४% ले  रेमिट्यान्स आप्रबाह न्यून हुने जनाएको छ । विगत ४ वर्षमा नेपालले प्राप्त गरेको रेमिट्यान्सको आँकडा हेर्दा कुल रेमिट्यान्सको ५० प्रतिशत भन्दा बढी हिस्सा खाडी मुलुकहरू र मलेसियाबाट प्राप्त गरेको देखिन्छ । कुवेत, जापान र गणतन्त्र कोरिया पनि रेमिट्यान्स प्राप्त हुने प्रमुख मुलुकहरू मध्येमा पर्दछन् । रेमिट्यान्स प्राप्त हुने अन्य मुलुकहरू मध्ये संयुक्त राज्य अमेरिकाबाट कुल रेमिट्यान्सको करिब २० प्रतिशत प्राप्त भएको छ । यद्यपि त्यहाँ विद्यार्थी, स्थायी बासिन्दा उच्च सिपयुक्त नेपाली आप्रवासीहरूको हिस्सा बढी रहेको छ सन २०१८/०१९ मा मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब र कुवेत गरी ५ राष्ट्रले कुल श्रम आप्रवासनको ८८ प्रतिशत हिस्सा ओगटेको छ । प्रारम्भिक अभ्यासको रूपमा सन २०१८/०१९ को आप्रवासी श्रमिकको पेसागत तथ्याङ्कलाई वर्गीकरण गरिएको थियो । यसले उच्च प्रतिशतमा पुरुष तथा महिला श्रमिकहरू सामान्य पेसामा काम गर्न विदेश गएको देखिन्छ । महिला श्रमिकहरू विशेष गरी सरसफाइ, अति आवश्यक र हेरचाहमा केन्द्रित भएको पाइयो, भने पुरुषहरू सामान्य श्रम, मेसिन अपरेटर, सेल्समेन, वेटर, डकर्मी, सिकर्मी, सवारी चालक सुरक्षाकर्मी र निर्माण पेसामा संलग्न रहेको पाइन्छ । यसबाट महिलाको तुलनामा पुरुषको पेसामा बढी विविधता रहेको देखिन्छ । व्यावसायिक तथा व्यवस्थापकीय पेसामा वैदेशिक रोजगारमा जाने महिला र पुरुष दुवैको सङ्ख्या न्यून रहेको छ ।

वैदेशिक रोजगारीमा विशेष गरेर ग्रामीण भेगका विपन्न वर्गका युवा रहेका छन् । पछिल्ला दिनमा सुरक्षा निकायमा काम गर्ने सुरक्षाकर्मीहरु समेत पेन्सन भए पछि राजीनामा दिएर वैदेशिक रोजगारीमा जाने गरेको सङ्ख्या बढ्दै गएको छ । नेपालको वैदेशिक रोजगारीका प्रमुख गन्तव्यहरूमा कतार, मलेसिया, साउदी अरब संयुक्त इमिटेसन कुवेत, बहराइन र ओमान रहेका छन् । पछिल्ला वर्षहरूमा साईप्रस, रोमानिया, माल्दिप्स, माल्टा, जोर्डन टर्की जस्ता देशहरूलाई नेपाली युवाहरूको रोजगारीको गन्तव्य बनाएको देखिन्छ यी मुलुकहरूमा वैदेशिक रोजगारीमा गएको युवाहरूको हिस्सा कुल वैदेशिक रोजगारीको एक तिहाइ भन्दा बढी रहेको छ । रोजगारीको साथ साथै उच्च अध्ययनको लागि युरोपका मुलुकहरू लगायत अमेरिका, अस्ट्रेलिया, सिंगापुर, दक्षिण एसियाली देशहरू चीन, भारत थाईलैण्ड फिलिपिन्स जापान बङ्गलादेश आदि मुलुकहरूमा समेत विद्यार्थीका रूपमा गएका छन् ।

३. वैदेशिक रोजगारीले अर्थतन्त्रमा पारेको प्रभावः-

नेपाल कुल ग्राहस्त उत्पादनको अनुपातमा उच्च रेमिट्यान्स भित्र्याउने मुलुकहरूको सूचीमा रहेको छ । कुल ग्राहस्त उत्पादनमा कृर्षि क्षेत्रको भूमिका योगदान २८% रहेको छ । विगत १० वर्षको औसत रेमिट्रान्स कुल ग्राहस्त उत्पादनको अनुपातमा २५% रहेको छ । वैदेशिक रोजगारीले  रेमिट्रान्सको साथै सामाजिक तथा मानवीय पुँजीको रूपमा ज्ञान सिप र अनुभव हासिल भई उद्यमशीलता विकासमा सघाउ पुग्ने देखिन्छ । वैदेशिक रोजगारीबाट फर्के पछि कहीँ युवाहरू त्यहाँ सिकेको सिपलाई यहाँ उपभोग गरेर उद्यमी बनेका छन् । गाई पाल्ने,  कृर्षि फर्म खोल्ने, तरकारी खेती गर्ने, व्यापार व्यवसाय गर्ने जस्ता उत्पादन मूलक कार्यमा लागेका छन् । जसबाट विदेशमा भन्दा स्वदेशमा बढी आम्दानी गर्ने र अरूलाई समेत रोजगारी दिएका पनि प्रशस्त उदाहरणहरू छन् । वैदेशिक रोजगारीबाट प्राप्त आयले ग्रामीण भेगका बस्तीहरूमा टि.भी. रेडियो, मोबाइल, जस्ता प्रबिधिक राम्रो प्रयोग भएको छ । आफ्ना बालबालिकालाई राम्रा विद्यालयमा पढाएका छन् परिवारको स्वास्थ्य उपचारमा खर्च जुटेको छ पोसिलो खाना र शिक्षा क्षेत्रमा उनीहरूको पंहुच बढ्दै गएको छ । नेपालीहरूको जीवन शैलीमा राम्रै परिवर्तन ल्याएको छ । जग्गा घर घडेरी जोड्ने, घर बनाउने, मर्मत गर्ने, सजाउने, छोरा छोरीको शिक्षा दीक्षा राम्रोसँग दिने, विवाह व्रतबन्धमा खर्च गर्ने विलासिताका सामान खरिद गर्ने गर्नाले आर्थिक गतिविधिमा वृद्धि भएको छ । ग्रामीण स्तरमा आर्थिक समृद्धि ल्याउने र गरिबी न्यूनीकरण गर्न देशमा बेरोजगारी कमी ल्याई समग्र अर्थतन्त्रमा सकारात्मक असर परेको छ । गरिबी निवारणमा सघाउ पुगेको छ सकारात्मक असर मात्र नभई नकारात्मक असर समेत परेको छ ।

वैदेशिक रोजगारीमा दैनिक १५ सय युवा जाने गरेकोमा अहिले कोरोना सङ्क्रमण पछि विदेशबाट आउनेको सङ्ख्या बढी रहेको छ । वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सको ठुलो रकम अनुत्पादक क्षेत्र (शहरोन्मुख) क्षेत्रमा जग्गा घडेरी किन्ने घर बनाउने विलासिताका सामान किन्ने तडकभडक ढङ्गले विवाह व्रतबन्ध गर्ने कार्यमा खर्च गर्नाले यसले अर्थतन्त्र सबल बनाउन सक्दैन । परिवारलाई सुख दिन बच्चालाई राम्रो शिक्षा दिन सहरमा बस्ने प्रबृर्ति बढ्दै जाँदा ग्रामीण बस्तीहरू रित्तिन थालेका छन् । उपभोग्य जमिन बाँझो हुँदै गएको छ । कृर्षि पशुपालन, तरकारी खेती, फलफूल खेतीमा कमी आउँदा हामी अरबौँ रुपैयाँको यस्ता खाद्यवस्तु आयात गर्न बाध्य भएका छौँ । युवायुवतीहरू वैदेशिक रोजगारीमा गएकाले जन्मान्तर घटेर ५.१ बाट ३.१ मा झरेको छ । यसले जनसङ्ख्या वृद्धिदर घट्न थालेको छ । यही क्रम रहिरहे कालान्तरमा बुढा बुढीको सङ्ख्या बढ्ने र युवाहरूको सङ्ख्यामा कमी आई जनशक्ति विकासमा समेत नकारात्मक असर पर्न सक्दछ  ।

४. वैदेशिक रोजगारीमा कोरोनाले पारेको असरः-

कोरोना महामारीका कारण स्वदेशमा मात्र नभई विदेशमा समेत उद्योग धन्दा कलकारखाना व्यवसाय बन्द हुँदै गएकोले नेपाली युवाहरू ठुलो सङ्ख्यामा बेरोजगार भई घर फर्किने क्रम बढेको छ । पछिल्लो समय विश्व बैङ्कले गरेको सर्वेक्षण अनुसार सन२०२० मा कोरोना महामारीका कारणले विश्वमा रेमिट्रान्स आप्रबाह २०% ले घट्ने अनुमान गरेको छ । यसले दक्षिण एसियामा २२.१% र नेपालमा १४% ले  रेमिट्यान्स आप्रबाह न्यून हुने जनाएको छ । नेपाल राट्रबैकले हालै प्रकाशित  गरेको तथ्याङ्क अनुसार कोरोना महामारीका कारण चालु आ.ब.मा कुल रेमिट्यान्स ७ खर्वको हाराहारीमा हुने अनुमान गरेको छ । रेमिट्यान्स घटेमा बैकमा तरलता अभाव हुने र विदेशी विनियममा संचितीमा समेत असर पर्नेछ । विदेशमा रोजगार गुमेर स्वदेशमा युवाहरू फर्की सके पछि  बेरोजगार सङ्ख्या ह्वात्तै बढ्ने, व्यक्तिको आम्दानीमा कमी हुँदा त्यसले क्रयशक्ति घटाउँछ, गरिबी बढ्न सक्छ । शिक्षा, स्वास्थ्य, पर्यटन, यातायात क्षेत्रमा असर पुर्‍याउँछ । आन्तरिक र बाह्य व्यापार घट्न सक्दछ । वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या बढेसँगै शारीरिक शोषणमा पर्ने, गर्भवती भएर आउने, मानसिक यातनामा पर्ने, स्वदेशमा आएर आत्महत्यासम्म गर्ने जस्ता घट्नाहरु घट्न थालेका छन् । वैदेशिक रोजगारीमा गएका युवाहरू दक्ष नहुने हुनाले जोखिमपूर्ण काम गर्दा अङ्गभङ्ग हुने बिरामी हुने गरेका र दैनिक ३ जनाको अनुपातमा मृत्यु हुने गरेको देखिन्छ । आ.ब.२०७६/०७७ मा ७५४ जना नेपाली नागरिक वैदेशिक रोजगारीको क्रममा मृत्यु  भएका थिए भने आ.ब. २०७६/०७७ फागुन मसान्त सम्ममा ५९७ जनाको मृत्यु भएको छ । वैदेशिक रोजगारबाट स्वदेश फर्किएका श्रमिकहरू मध्य २४.१ प्रतिशतले करार पत्र अनुसार करार अवधि समाप्त भएर आएको देखिन्छ, भने १२ प्रतिशत अझ राम्रो अवसरको खोजिएका लागी स्वदेश फर्किएको देखिन्छ । प्रतिकुल स्वास्थ्य अवस्था र अवाञ्छित कार्य वातावरण, चोटपटक तथा शारीरिक अशक्तताको कारणले क्रमशः ८/८ प्रतिशत श्रमिक स्वदेश फर्किएको देखिन्छ ।

नेपाल जीवनस्तर सर्वेक्षण २०११ ले तराइमा प्रत्येक परिवारमा २ र पहाड तथा हिमालमा प्रत्येक २ परिवारमा १ जनाले रेमिट्यान्स प्राप्त गरेको देखाइएको छ । यसरी हेर्दा नेपालका घर धुरी मध्ये ५५.८ प्रतिशत घरधुरीले रेमिट्यान्स प्राप्त गर्ने गर्दछन् । वैदेशिक रोजगारीमा जानेहरूलाई सूचना तथा परामर्श कानुनी परामर्श र वित्तीय साक्षरता जस्ता सेवाहरू उपलब्ध गराउने उद्देश्यले स्थानीय तहको व्यवस्थापन तथा कार्यान्वयनमा सञ्चालन हुने सुरक्षित आप्रवासन परियोजना ३९ जिल्लामा विस्तार भएको छ । यसले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई केही हदसम्म भए पनि राहत मिलेको छ । कोरोनाको महामारीको कारण सृजित असहज परिस्थितिले गर्दा समग्र उत्पादन उत्पादकत्व एवं आपूर्ति प्रणालीमा प्रतिकुल प्रभाव परेको छ । विश्व आर्थिक गतिविधिमा सुस्तता आइ विश्वको समग्र आर्थिक वृद्धि, रोजगारी, मूल्य, अन्तर्राष्ट्रिय व्यापार लगायतका क्षेत्रमा प्रतिकुल प्रभाव पर्ने देखिएको छ । कोरोनाले पर्यटन यातायात, भण्डारण तथा सञ्चार उत्पादनमूलक उद्योग तथा खानी तथा उत्खनन र निर्माण क्षेत्रको वृद्धिदर समेत ऋणात्मक हुने अनुमान रहेको छ ।

कोभिड – १९ को महामारीले विश्व आर्थिक गतिविधिमा सुस्तता आएको छ । कति जनशक्ति विदेशबाट फर्किन्छ भन्ने एकीन तथ्याङ्क भने उपलब्ध हुन सकेको छैन । उनीहरू नेपालका ग्रामीण दूर दराजका निम्न वर्गका रहेका, भूमिको हिस्सा सानो रहेको, बैङ्क तथा वित्तीय संस्थाहरूसँगको पहुँचबाट टाढा रहेका छन् भने सिकेको सिप दक्षता क्षमताको सही सदुपयोग हुन सक्ने अवस्था समेत छैन । यसरी ठुलो सङ्ख्यामा युवाहरू स्वदेश फर्किदा उनीहरूको समयमा नै व्यवस्थापन गर्न नसकेमा आन्तरिक दबाब सृजना हुने, व्यक्तिको मनोविज्ञानमा असर पर्न गई सामाजिक क्षेत्रमा विचलन आउन सक्दछ । वैदेशिक रोजगारी प्रतिको लगाव कम हुन सक्ने भएकाले आगामी दिनमा रेमिट्यान्स घट्ने देखिन्छ । यसबाट के बुझिन्छ भने वैदेशिक रोजगारी गुम्न जाँदा यसले समग्र क्षेत्रमा असर पारी कुल ग्राहस्त उत्पादनमा समेत नकारात्मक असर पुर्‍याइ राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक असर पुर्‍याउँछ ।

५. अवसर

विदेशमा रोजगार गुमाएर स्वदेश फर्केका युवाहरू परिचालन गर्ने अवसर समेत नेपाललाई प्राप्त भएको छ । उनीहरूले सिकेका सिप क्षमताको सदुपयोग गर्ने अवसर मिलेको छ । स्वदेशमा सक्रिय जनशक्तिको उपलब्धता बढ्ने देखिन्छ । ठुला परियोजनामा आवश्यक पर्ने जनशक्ति आपूर्ति भएको छ । पारिवारिक मिलन, सामाजिक जीवन सहज बन्ने, स्वदेशमा रहेका कृषियोग्य भूमिको सदुपयोग भई कृषि उत्पादन फलफूल, मासुजन्य पदार्थ, तरकारी उत्पादनमा वृद्धि भई यसको आयातमा कमी आउने र क्रमशः आत्मनिर्भर हुँदै जाने अवस्था आउन सक्छ । तर अहिले विदेशबाट नेपाल फर्कँदा ठुलो जोस जाँगर र उत्साह लिएर अब नेपालमा नै बसेर केही गर्छु भन्ने सोचले फर्किने तर नेपाल प्रवेश गरी सके पछि नेपालमा पनि बेरोजगार बस्नु पर्ने, श्रमको उचित मूल्य नपाइने, श्रमको सम्मान नहुने हुँदा निराश हुनु पर्ने अवस्था आएको देखिन्छ । अहिले त झन् विदेशबाट आउँदा आफ्ना आफन्त समेत कोरोना लिएर आयो भनेर भाग्ने भगाउने, सटर बन्द गरेर सामान किन्न नदिने, गाउँ घरमा आए पछि पनि १४ दिन  क्वारेन्टिनमा बस्नु पर्ने, क्वारेन्टिनको व्यवस्थापन समेत त्यति राम्रो नभएकोले उनीहरूमा झन् बढी निराशा बढेको देखिन्छ । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई स्वदेशमा टिकाउने र उनीहरूलाई स्वरोजगार बनाउन सकेमा  देशमा सक्रिय जनशक्तिको आपूर्तिमा सहज हुने र त्यसले सम्पूर्ण अर्थतन्त्रकम सकारात्मक सहयोग पुग्दछ ।

 ६. फर्किएको जनशक्ति व्यवस्थापनका उपायहरू

कोरोना महामारीका कारण विश्व आर्थिक गतिविधिमा सुस्तता आइ विदेशबाट फर्किएका युवाहरूलाई स्वदेशमा रोजगारी सृजना गरी उनीहरूको राम्रो व्यवस्थापन गर्न सकेमा देश विकासमा सकारात्मक प्रभाव पर्ने देखिन्छ । उनीहरूलाई रोजगारी मूलक कार्यक्रममा समाहित गर्ने, कृषि क्षेत्रको आधुनिकीकरण तथा बजारीकरण गर्ने, सीपको विकास गर्दै उद्यमशीलता विकास गर्ने, ठुला पूर्वाधार लगायत विकास निर्माणमा संलग्न गराउने, विदेशबाट सिकेको सीप दक्षता, क्षमता अनुसार उनीहरूलाई व्यावसायिक कर्जा सर्वसुलभ उपलब्ध गराउने, आधुनिक प्रविधिको प्रयोगमा जोड दिने, रेमिट्यान्सको रकमलाई उत्पादनशील क्षेत्रमा लगाउने जस्ता उपायहरू गर्न सकेमा त्यसले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्दछ । नेपाल सरकारले सञ्चालन गरेका गरिबसँग विश्वेश्वर कार्यक्रम, ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) साना किसान प्रशिक्षार्थी कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम सिपमूलक तालिम, परामर्श कार्यक्रम प्रभावकारी बनाउने प्राविधिक र व्यावसायिक शिक्षा तालिम प्रदायक संस्थाको सुदृढीकरण र क्षमता विकास, श्रम स्वीकृति नलिई विदेशी नागरिकलाई काममा लगाउन नपाउने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने, वैदेशिक रोजगारी प्रवर्द्धन कोषलाई प्रभावकारी परिचालन वैदेशिक रोजगारबाट फर्केका जनशक्तिको Profile तयार गरेर उनीहरूको क्षमताको आकलन गरी सोही अनुसारको काममा लगाउन सकेमा त्यो व्यवहारिक हुन्छ । स्थानीय तहबाट समेत आफ्नो क्षेत्र भित्र आएका युवाहरूलाई आकर्षित गर्ने खालका कार्यक्रम तय गरी कार्यान्वयन गर्नु पर्दछ । गाउँमै युवाहरूलाई टिकाउने गरी नीति तथा कार्यक्रम तय गरिनु पर्दछ ।

७.  निष्कर्ष

कोरोना महामारीका कारण विदेशमा रोजगारी गुमाई स्वदेश फर्की आएका कामदारहरूको सीप र बचतलाई उद्यमशीलता प्रवर्द्धन र परिचालन गर्ने प्रभावकारी आर्थिक तथा सामाजिक पुन एकीकरणका प्याकेज कार्यक्रम सञ्चालन गर्नु पर्दछ । यसको साथ साथै धनी र गरिब बिच बढ्दै गएको असमानताको दरलाई कम गर्ने, सीपयुक्त जनशक्तिको प्रक्षेपण गरी श्रमको माग र आपूर्तिमा सन्तुलन ल्याउने, देश भित्र उद्यमशीलता र स्तरीय सीप विकासका अवसरहरू सृजना गर्ने, अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने, तालिमका कार्यक्रमहरूलाई अद्यावधिक स्तरीय र समन्वित गर्न सकेमा कोरोना महामारीको कारण फर्किएका युवा जनशक्तिलाई सजिलै व्यवस्थापन गर्न सहज हुन्छ । यस तर्फ विशेष ध्यान जानु आवश्यक छ ।

                                                                                                                        सहायक प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय, पाँचथर

 

प्रतिक्रिया दिनुहोस