९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१० पदस्थापन सहित २६ जना सहसचिवको सरुवा

अ+ अ-

काठमाडौँ । सरकारले २६ जना सहसचिवको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ १० जनाको पदस्थापन र अन्य १६ जना गरी २६ जना सहसचिवको सरुवा गरेको हो ।

प्रशासन स्रोतका अनुशार मन्त्रालयले आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेश पोखराका सहसचिव किरण राज शर्मालाई संचार तथा सूचना मन्त्रालयमा सरुवा गरेको छ । त्यस्तै गरी आन्तरिक मामिला तथा कानुन मन्त्रालय बाग्मती प्रदेश हटौैंडाका सहसचिव विनोद प्रकाश सिंहलाई युवा तथा खेलकुद मन्त्रालय, गृह मन्त्रालयका सहसचिव केदार नाथ शर्मालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, गण्डकी प्रदेश पोखरामा सरुवा गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालय, बागमती प्रदेश हेटौँडाका सहसचिव मुकुन्द प्रसाद पौड्याललाई राष्ट्रिय सूचना आयोग, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डण्डु राज घिमिरे आर्थिक मामिला तथा योजना मन्त्रालय, बाग्मती प्रदेश, हेटौँडामा सरुवा गरिएको छ ।

त्यस्तै गरी गृह मन्त्रालयका सहसचिव मदन भुजेललाई आर्थिक मामिला तथा योजना मन्त्रालय ,बाग्मती प्रदेश हेटौँडा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव लोकनाथ पौड्याल सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश, राष्ट्रिय सूचना आयोग, काठमाडौँका सहसचिव बिनु बज्राचार्य कुँवरलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश बस्नेत गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिवहरु रामबन्धु सुवेदी भरतपुर महानगरपालिका, चितवन, नवराज घिमिरे हेटौँडा उपमहानगरपालिका, मकवानपुर, रमेश ढकाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग, आनन्द काफ्लेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ ।

त्यसै गरी विपिन आर्चाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इन्द्रदेव यादव गृह मन्त्रालय, हेमराज तामाङ गृह मन्त्रालय, अनिता निरौला कृषि तथा पशुपन्छी विकास मन्त्रालय, स्किम श्रेष्ठ सत्य निरूपण तथा मेलमिलाप आयोग र रामकुमार महतो गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यस्तै भरतपुर महानगरपालिका, चितवनका सहसचिव प्रेमराज जोशी रक्षा मन्त्रालय, हेटौडा उपमहानगरपालिका, मकवानपुरका सहसविचव राजेश पौडेल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, जितपुर सिमरा उपमहानगरपालिका, बाराका सहसचिव प्रदीप राज अधिकारी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, गृह मन्त्रालयका सहसचिव ज्ञानेन्द्र पौडेल अर्थ मन्त्रालय, गृह मन्त्रालयका सहसचिव ध्रुव कुमार पोखरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गृह मन्त्रालयका सहसचिव राष्ट्रपति कार्यालय, काठमाडौँ, गृह मन्त्रालयका सहसचिव जगनाथ पन्त धनगढी उपमहानगरपालिका, कैलालीमा सरुवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस