९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी पहिरो पीडितहरुको खोज, उद्धार तथा राहत कार्यमा नेपाली सेना परिचालन

अ+ अ-

काठमाडौं ।  विगत केही दिनदेखी परिरहेको अविरल बर्षाका कारण देशका विविन्न स्थानहरुमा गएको बाढी/पहिरोबाट प्रभावित स्थानहरुमा नेपाली सेनाले खोज तथा उद्धारका जनशक्ति र श्रोत साधन परिचालिन गरि खोज उद्धार तथा राहत वितरण कार्यलाई जारी राखेको छ ।

नेपाली सेनाका परिचालित फौजहरुले अस्थायी तटबन्ध निर्माण, अस्थायी पुल निर्माण, अवरुद्ध भएका सडकहरु सुचारु गर्ने र जोखिममा रहेका स्थानीयहरुको रवरबोट समेतको प्रयोग गरि सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य गरिरहेका छन् ।

यसै क्रममा झापा, तनहुँ, गोरखा, ललितपुर र रुपन्देही जिल्लाका विभिन्न स्थानहरुमा बाढी तथा पहिरोका कारण खतरामा रहेका स्थानीयहरुको उद्दार गरि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । यसैगरि झापा, चितवन र भक्तपुर जिल्लाका विभिन्न स्थानहरुमा स्थानीय बासिन्दाको सहयोगमा अस्थायी तटबन्ध निर्माण गरि बाढी तथा पहिरोबाट हुनसक्ने जोखिमको न्यूनिकरण गरिएको छ ।

रसुवा, पर्वत, तनहुँ, पाल्पा, मनाङ्ग र काठमाडौं जिल्लाका विभिन्न स्थानहरुमा अवरुद्ध सडक सुचारु गर्ने कार्य गरिएको छ । साथै दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकामा गएको पहिरोमा परि घाईते भएका (दुई) जनालाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरि नेपालगन्ज पुर्‍याईएको छ ।

प्राकृतिक प्रकोपबाट पिडित व्यक्तिहरुको खोज तथा उद्धार कार्यमा नेपाली सेनाका जनशक्ति तथा श्रोत साधनहरु अनवरत रुपमा खट्टिरहेको जानकारी गराउँदै तत्काल उद्धार तथा राहतको लागि काठमाण्डौ, ईटहरी, भरतपुर र सुर्खेतमा नेपाली सेनाका हेलिकोप्टरहरु स्ट्याण्डबाईमा राखिएको व्यहोरा समेत जानकारी गराईन्छ ।

प्रतिक्रिया दिनुहोस