९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरामा गुड्न थाले नगरबस

अ+ अ-

पोखरा । पोखरामा आजदेखि नगर बस गुड्न शुरु गरेका छन् । कोभिड–१९, का कारण कायम रहेको बन्दाबन्दीले लामो समयदेखि रोकिएका सार्वजनिक सवारी साधन सरकारले आधारभूत मापदण्ड अपनाएर सञ्चालन गर्न अनुमति दिएसँगै गुड्न शुरु गरेका हुन् ।

पोखरामा महानगरपालिकामा ३७८ नगर बसमध्ये आज करिब आधा नगरबस सञ्चालनमा आएका छन् । पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङले कोरोना जोखिमको आधारभूत मापदण्डलाई अपनाएर आज करिब आधा बस सञ्चालनमा आएका जानकारी दिए । गुरुङका अनुसार यसअघि लिइराखेको भाडा दरमा दोब्बर लिने गरी र एक सिटमा एक जना यात्रुमात्र राख्ने गरी बस सञ्चालन गरिएको हो । गाडी चालक, सहचालक यात्रु सबैले आधारभूत स्वास्थ्य मापदण्ड अपनाउनुपर्नेछ ।

लामो समय गाडी नचलेपछि अधिकांश गाडी ग्यारेजमा थन्किएका छन् भने चालक, सहचालक आआफ्नो घर गएकाले पनि सबै गाडी सञ्चालनमा आउन अझै समय लाग्ने गुरुङको भनाइ छ । बस सञ्चालनको पहिलो दिन भएकाले यात्रुको चाप त्यति देखिएको छैन भने यात्रु सबैले मास्कको प्रयोग गरेका छन् ।

त्यसैगरी १२० दिने बन्दाबन्दी खुलेसँगै पृथ्वीराजमार्गअन्तर्गतका लामा छोटा दूरीका बस पनि अब चल्ने भएका छन् । पृथ्वीराजमार्ग बस सञ्चालक समितिका अध्यक्ष योगेन्द्र केसीले अब केही दिनमै लामाछोटा दूरीका सार्वजनिक बस सञ्चालन गरिने जानकारी दिए । केसीका अनुसार कास्कीमा पृथ्वीराजमार्ग अन्तर्गतका करिब एक हजार ४०० बस सञ्चालनमा छन् ।

पोखरेली ट्याक्सी सेवा प्रालीका अध्यक्ष प्रकाश तिवारीका अनुसार पोखराको सडकमा गत असार २६ गतेदेखि नै ट्याक्सी गुड्न थालेका हुन् । पोखरामा करिब दुई हजार २०० ट्याक्सी रहेकामा अहिले आधारभूत स्वास्थ्य सतर्कतासहित करिब एक हजार ५०० ट्याक्सी पोखराको सडकमा गुडेका छन् ।

प्रतिक्रिया दिनुहोस