काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । बिहिवार ९४ हजार पाँच सय रुपैँयामा कारोबार भएको सुन एकैदिन १३ सय रुपैँयाले बढेर ९५ हजार आठ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै गरेर आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५० रुपैयाँमा कायम छ। अघिल्लो दिन चाँदीको मूल्य ११ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।