९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उडान अनुमति प्रदान गर्न वायुसेवा सञ्चालकको अनुरोध

अ+ अ-

काठमाडौं । वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक संघ नेपालले प्राकृतिक प्रकोपको अवस्थालाई मध्यनजर गरी ‘नन् सेड्युल’ उडान सञ्चालन अनुमति प्रदान गर्न सरकार समक्ष अनुरोध गरेको छ ।

सङ्घका अध्यक्ष क्या रामेश्वर थापाले आज एक विज्ञप्ति जारी गर्दै मौजुदा प्राकृतिक प्रकोपको अवस्थामा हवाई सेवाले राहत पुर्‍याउन सक्ने अवस्था रहेकाले सरकारबाट स्वीकृत हवाई भाडाको सीमाभित्र रही आवश्यकताअनुसार उडान सञ्चालनको अनुमति प्रदानका लागि अनुरोध गरेका हुन् ।

हालको अविरल वर्षाका कारण प्रायःजसो सबै राजमार्ग तथा लोकमार्गमा बाढी र पहिराले क्षतिग्रस्त भएकाले लामो दूरीका यातायात अति कष्टकर भएको भन्दै संघले बाढी पहिराका कारण तुरुन्त राहत पुर्‍याउन एवं आवतजावत गर्न सम्भव नहुने भएकाले आन्तरिक उडान सञ्चालनले राहत पुग्ने जनाएको छ ।

आन्तरिक वायुसेवा कम्पनीले स्वास्थ्य मन्त्रालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको कोभिड–१९ को निर्देशिकाअनुसार उडान सञ्चालनका लागि सम्पूर्ण तयारी गरी सकिएको र उडान सञ्चालनको ड्रिल गरी सकेको सङ्घलले उल्लेख गरेको छ । यसबाट भदौ १ देखि शुरु हुने नियमित उडान सञ्चालनको तयारीको आँकलन गर्न वायुसेवा कम्पनी तथा नियामक निकायलाई अवसर प्राप्त हुने उल्लेख गरेको छ । सरकारले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो । बन्दाबन्दीका कारण झण्डै पाँच महिनापछि हुने उडानको तयारीका लागि एयरलाइन्सले सुरक्षित उडानको तयारी गरिरहेका छन् ।रासस

प्रतिक्रिया दिनुहोस