८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किन खोज्दछन् पतिले सम्बन्ध विच्छेद ?

अ+ अ-

पति पत्नीको सम्बन्ध भनेकै विवाहबाट सृजित सम्बन्ध हो । यो स्थायी, अनतीक्रम्य र सहमतिकै आधारमा स्थापित हुन्छ । सामाजिक एवं कानुनी रूपमा यसरी उनिएको सम्बन्ध टुट्ने अवस्था पनि रहन्छ जसलाई सम्बन्ध विच्छेद भन्ने गरिन्छ ।

वर्तमान अवस्थामा पतिहरूले पनि अदालतमा सम्बन्ध विच्छेदको लागि प्रशस्तै मात्रामा निवेदन दिन थालेका छन् । पत्नीले सारेका शर्तनामाहरु पूर्ति हुन सकेन भने उनीहरू बिचको सम्बन्ध स्थायी, गढीलो र अनतीक्रम्य हुनुको सट्टा अस्थायी, फितलो र अतिक्रमित हुँदै जान थालेका छन् । फलतः गाँसिएको सम्बन्ध टुट्न पुग्दछ । यस्ता सम्बन्धहरू कतिपय अवस्थामा आफै विच्छेद हुन पुग्दछ भने कतिपय अवस्थामा अदालतको सहाराबाट विच्छेद गराउने गरिन्छ । पतिले पत्नी रिझाउने र पत्नीले पति रिझाउने अवस्थाबाट यो अगाडि बढ्न पर्ने हो । करकाप र जबरजस्ती रूपमा यस्तो सम्बन्ध दिगो एवं भरपर्दो पनि देखिँदैन ।

आवश्यक्ता , चाहना र आत्मसम्मानका कारणले पनि सम्बन्ध विच्छेद हुने गर्दछ । लैंगिक हिंसामा महिला मात्र होइन पुरुषहरू पनि पर्ने गरेको पाइन्छ । पत्नीले मात्र होइन पतिले पनि सम्बन्ध विच्छेदको लागि अगाडि बढ्ने अवस्था देवानी संहिता कार्यविधि २०७४ ले दिएको छ । पारिवारिक संरचना बनेका विविध पक्षलाई यदि पत्नीले नबुझ्दाको अवस्थामा पतिहरू बाध्य भएर पत्नीसँग सम्बन्ध विच्छेद गर्ने अवस्थामा पुग्दछन् जसलाई निम्न बुँदाहरूले प्रस्ट पार्दछन् ।

  •  विकृत चालचलन र व्यवहार
  • घरायसी वातावरण
  •  अहङ्कार र दास मनोवृत्ति
  •  शङ्काको दृष्टिकोण
  •  मालिक र नोकरको भावना
  •  सामाजिक सम्बन्ध र पारिवारिक जिम्मेवारीबाट पन्छने
  •  अनुशासित नहुने, इमानदार पूर्वक भविष्यको जोहो गर्न नजान्ने

माथि उल्लेखित बुँदाहरू झाँगिँदै जाने हो भने पति पत्नी बिचको सम्बन्धमा दरार उत्पन्न हुन जान्छ जसले गर्दा एउटा इमानदार पति पत्नीको स्थायी सम्बन्ध विच्छेद गर्ने मनस्थितिमा पुग्दछ । नेपालमा देवानी (संहिता) ऐन २०७४ को दफा ९४ ले पतिले पनि सम्बन्ध विच्छेद गर्न सक्ने भनी कानुनी व्यवस्था गरेको छ । पति पत्नी बिचको सम्बन्ध भरसक नटुटोस् भन्ने मनसाय पनि सोही ऐनले राखेको छ तर कुनै पनि कोणबाट सँगै बस्दा अर्को दुर्घटना निम्तने अवस्था आयो भने सो अवस्थामा पतिले बाध्य भएर यस्तो कदम चाल्न पुग्दछन् । पतिले निम्न बमोजिमको अवस्थामा सम्बन्ध विच्छेद हुन सक्दछ ।

१) पतिसँग मानो छुट्टिई वा अंश लिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पतिको मन्जुरी नलिई लगातार तीन वर्ष वा सो भन्दा बढी बसेमा ।
२) पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा
३) पतिको अङ्ग भङ्ग हुने वा अरू कुनै ठुलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा
४) अन्य पुरुषसँग यौन सम्बन्ध गरेमा ।

माथि उल्लेखित बुँदाहरू मध्ये पहिलो बुँदा नै पति पत्नी बिच सम्बन्ध विच्छेद हुने पहिलो कारकतत्व देखिन्छ । पत्नी पति भन्दा पढेलेखेको, रुपवती, धनी, दाइजो प्रशस्त ल्याएको, आफूलाई मालिक सम्झने र पतिलाई नोकरको रूपमा हेर्ने, अहङ्कारी आदि कारणले नै उनीहरूको हैसियत एकै प्रकारको हुँदैन । यस्तो अवस्थामा पतिलाई उसको दासत्व स्वीकार गर्न लगाइन्छ । दासत्व स्वीकार गर्न लगाउँदा बित्तिकै पतिको आत्म सम्मानमा चोट पुग्न थाल्दछ जसको कारण पत्नीका चाल चलन पतिका अगाडि सामाजिक संस्कार रीतिरिवाज, परम्परा आदिबाट टाढिँदै गएको सोच्दछ । पत्नी घरायसी व्यवहार र चालचलन भन्दा बाहिर निस्केर जान थाल्दछन् । सामाजिक संस्कार भित्र सामान्यतया चलन गरिने पहिरन, टिका, चुरा, सिन्दूरसमेत लगाउन नै पत्नीले बोझ ठान्दै जान्छ । संस्कारित हुन पतिले अनुरोध गरेमा पत्नीले त्यसलाई स्वतन्त्रताको संज्ञा दिँदै अस्वीकार गर्दछन् जसका कारण नै पतिलाई कुण्ठा र आवेग उत्पन्न हुन पुग्दछ । यस किसिमको अवस्थामा पत्नीले पतिसँग आफ्नो हैसियत माथि भएको सम्झन्छ परिणामस्वरूप उ पतिबाट टाढा रहन खोज्दछे र अलग्गै बस्न थाल्दछ । पतिको मन्जुरी लिन आवश्यक ठान्दैन । पतिलाई विभिन्न शर्तनामाहरु तेर्साउन थाल्दछ जसले गर्दा उनीहरू बिचको सम्बन्ध टाढिन्छ र सम्बन्ध विच्छेदको अवस्थामा पुग्दछ ।

पति र पत्नी बिच आपसी प्रेम र सद्भाव भएन भने; सहयोग, संरक्षण र सम्मान रहेन भने र आफ्नो सीप दक्षता कौशल बमोजिम कुनै पनि पेसा व्यवसाय वा काम गर्नको लागी रोकेको अवस्थामा पनि सम्बन्ध टाढिँदै जाने हुन्छ । सामान्यतया पतिको वासस्थान नै पत्नीको बासस्थान हो । पतिको मन्जुरी बेगर यदि पत्नीले पतिको घर वा वास स्थान छोडी माइती वा अन्यत्रै बस्न थालेमा र पतिले जति कर गर्दा पनि पतिको घरमा नबसेको अवस्थालाई पनि पतिले पत्नी माथि सद्भाव र प्रेम दर्साउन सक्दैन । गास, बास र सहवास एक अर्काका मानवोचित आवस्यक्ता पनि हो । त्यस किसिमको कार्यलाई ठाडै इन्कार गरी भिन्न बस्ने पत्नी पतिको लागि सहयोगी, संरक्षण र सम्मानको भागीदार हुन सक्दैन । यस्तो अवस्थामा पतिले पत्नीसँग सम्बन्ध तोड्नु बाहेक अर्को विकल्प देख्दैन ।

कहिलेकाहीँ पत्नीले पतिसँग विभिन्न कारण देखाई परीक्षण गर्न खोज्दछन् । पतिको यौनाङ्गै छैन भन्ने लागेमा, नपुंसक वा सन्तान उत्पादन गर्ने क्षमतै छैन भन्ने अवस्थाको जाँच गरी विवाह बदर गराइ विच्छेद गराउँछन् । पतिले विवाह गर्दाको समयमा एचआइभी सङ्क्रमित, निको नहुने दीर्घ रोग लागेको, बोल्न नसक्ने सुन्न नसक्ने बक्क लाटो, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाए पाएको अवस्थाको सम्बन्धमा जाँच पडताल गरी विवाह विच्छेद गरी त्यसरी विवाह गराइदिनेबाट मनासिब किसिमको क्षतिपूर्ति समेत भराई लिन सक्दछ अन्यथा पत्नीले पतिको बारेमा अन्य के विषयमा परीक्षण गर्न खोजेको हो यकिन गर्नु पर्ने हो तर निहुँ खोज्ने निहुँमा विभिन्न जरिया खडा गरी मानसिक र दासत्व रूपमा दबाब दिने मनसायले गरिएको अवस्थामा पति त्यस्ता पत्नीबाट छुटकारा पाउन कोसिस गर्दछ । पतिलाई सधैभरी मानसिक कष्ट दिई आफ्ना स्वार्थ पूर्ति गर्ने हेतुले हैरानी दिइरहेको अवस्थामा त्यस्ता पत्नीलाई कुनै पनि प्रकारको रै रकम चल अचल सम्पत्ति नै नदिई पतिले सम्बन्ध विच्छेद गरेर अगाडि बढ्दछ । छिटै र विना परिश्रम धनी बन्नु पर्ने, गलत काममा प्रेरित गरिरहने र त्यस्ता चाहना पूर्ति नभएका कारणले पतिलाई घुर्क्याउने र जसरी पनि धन बटुल्ने इच्छित मनसायमा पति सामेल हुन चाहेन भने पनि उ सम्बन्ध विच्छेदको लागि अगाडि बढ्न सक्दछ ।

सम्बन्ध विच्छेद पछाडि पतिले आफ्नो कर कमाइबाट जीवनभर पाल्नु पर्दछ भन्ने सोचले पत्नी पतिप्रति उत्तरदायी नहुने अवस्था पनि देखिन्छ । कमाइ गर्ने उसले नै हो खान लगाउन स्वास्थ्य उपचार सम्मको सबै व्यवस्था उसैले गर्नु पर्दछ भन्ने सोच पनि अगाडि आएको देखिन्छ । आफ्नो कमाई पतिलाई दिनु पर्दैन र पतिको कमाइ नै लिनु पर्दछ भन्ने मानसिकताले पनि घर गरेको देखिन्छ तर वर्तमान कानुनले जसको कमाइ बढी छ उसैले पाल्नु पर्छ भन्ने कानुनी व्यवस्थालाई पत्नीहरूले नबुझेको झैँ गरी अगाडि बढ्ने गरेको पनि देखिन्छ । यसरी अगाडि बढ्ने पत्नीहरूलाई अदालतले लिने तायदातीबाट उसका अवस्थाहरूको बारेमा पनि विश्लेषण गरी उसलाई अंश वा रकम नदिनसक्ने अवस्थालाई पत्नीले बुझ्ने कोसिस गरेको देखिँदैन जसको कारण सम्बन्ध विच्छेदको फैसलाबाट आउने परिणामलाई स्वीकार्दा मानसिक सन्तुलन गुमाउन सक्ने अवस्थालाई पत्नीहरूले इन्तजाम गरेको पाइँदैन ।

सम्बन्ध विच्छेद अंश वंश नाता कुटुम्ब सबै तोडिने अवस्था हो । यस किसिमको कार्यलाई अदालतले पनि भरसक मिलापत्र गराउन खोज्दछ । समाजले पनि विच्छेद नहोस् भन्ने खोज्दछ तर अहङ्कार, दासमनोवृत्ति र मालिक नोकरको सोच एवं माया सद्भावको अवस्था गुमाउनु नै छ भने सम्बन्ध विच्छेदकै बाटो रोज्दा दुवैलाई हितकारी हुन जाला तर यस्तो अवस्था सृजना नभई देओस् भन्ने कामना मात्र गर्ने हो ।

प्रतिक्रिया दिनुहोस