१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यसचिव र १९ सचिवसहित २४८० कर्मचारी यसै वर्ष अवकाश लिँदै (सूचीसहित)

अ+ अ-

काठमाडौं । मुख्यसचिव लोक दर्शन रेग्मीसहित २ हजार ४ सय ८० सरकारी कर्मचारीको यसै आर्थिक वर्षमा अनिवार्य अवकाश हुने भएको छ । राष्ट्रिय कितावखाना (निजामती) ले आर्थिक वर्ष २०७७/७८ मा अनिवार्य अवकाश हुने कर्मचारीको सूचना प्रकाशित गर्दै सो जानकारी दिएको हो ।

१९ सचिवले पाउने छन् अवकाश
सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीको कात्तिक ७ मा अनिवार्य अवकाश पाउँदैछन् । यसैवर्ष अनिवार्य अवकासमा जाने सचिवहरुमा नेपाल कानुन आयोगका सचिव चिरञ्जीवी खनालको कात्तिक २, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारी, कात्तिक १, परराष्ट्र सचिव शंकरदास बैरागी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मोहनकृष्ण सापकोटा असोज २२ मा अनिवार्य अवकाश पाउने छन्।

यस्तै, राष्ट्रिय सूचना आयोगका सचिव मणिराम ओझा, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अर्का सचिव प्रकाश माथेमा, पुनर्निर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटा, लोकसेवा आयोगका सचिव आनन्दराज ढकाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे, गण्डकी प्रदेशका प्रमुख सचिव विष्णुप्रसाद नेपाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. तीर्थराज ढकाल, वन तथा वातावरण सचिव डा. विश्वनाथ ओली, सहरी विकास मन्त्रालयका सचिव मधुसूदन अधिकारी, शिक्षा मन्त्रालयको विज्ञान तथा प्रविधि सचिव डा. सञ्जय शर्मा, खानेपानी मन्त्रालयका सचिव माधव बेलवासे, रक्षा मन्त्रालयका सचिव रेश्मिराज पाण्डे, महालेखा निरीक्षक गोपीनाथ मैनाली र बाग्मती प्रदेशका प्रमुख सचिव डा.मानबहादुर विकले आर्थिक वर्ष ०७७/७८ माअनिवार्य अवकाश पाउन लागेका हुन् । यि १९ जनामध्ये एकजना मुख्य सचिव हुनेछन् भने बाँकी १८ जनाको अवकाश हुनेछ।

ठूलो संख्यामा सहसचिवहरुको अवकाश हुँदै
यसै आर्थिक वर्ष २०७७/७८ मा ठूलो संख्यामा सहसचिवहरुको पनि अवकाश हुँदै छ । सहसचिव अच्युतप्रसाद ढकाल, लावण्यकुमार ढकाल, लेखनाथ शर्मा, कुमारबहादुर खड्का र दीपेन्द्र काफ्लेलगायतले अनिवार्य अवकाश पाउन लागेका हुन् । यस्तै सहसचिव वीरबहादुर राई, भीमसेन तिमिल्सिना, भेषबहादुर कार्की, शंकरप्रसाद सुवेदी, कैलाशराज पोखरेले, रामकृष्ण गुरागाईं, बलराम मिश्र, सरोजकुमार प्रधान, भगवानप्रसाद गुप्ता, हरिप्रसाद दाहाल, नवराज काफ्ले, श्यामराज अधिकारी, सुरेन्द्रप्रसाद नेपाल, विष्णुकुमार कार्की, प्रवीणराज अर्याल, भेषनाथ शर्मा, वंशी शर्मा, सनतकुमार दवाडी, विष्णुप्रसाद अधिकारीका पनि चालू आर्थिक वर्षमा अवकाश हुने किताबखानाले सूचनाजारी गर्दै जानकारी दिएको हो ।

यस्तै, सहसचिवमा नरनाथ गिरी, कौशलकिशोर झा, तेजबहादुर सुवेदी, प्रेमराज जोशी, कालीप्रसाद पोखरेल, तेजराज पाण्डे, भक्तबहादुर ढकाल, शम्भुबहादुर खड्का, नारायण अधिकारी, केदारप्रसाद पनेरू, टीकाराम ज्ञवाली, यज्ञबहादुर हमाल, चन्द्रमान श्रेष्ठ, दिगम्बर ठाकुर, किशोर जोशी, रूपनारायण भट्टराई, मुरारी महत, उपेन्द्रकुमार खनाल, विद्यानाथ भट्टराई, महेश्वरनरसिंह केसी, डिल्लीराम सेढाईं, धरुबमणि ज्ञवाली, मदन थापा, माधवप्रसाद पौडेल, यज्ञराज बोहरा, यादव सुवेदी, लक्ष्मणप्रसाद पौडेल, बलराम थापा, दीपक केसी, नरेन्द्रसिंह भण्डारी, द्रोण पोखरेल, जीवनप्रकाश श्रेष्ठ, हरि बखती, दीर्घनारायण पौडेल, राजेश पौडेल, कान्चनराज पाण्डेले पनि अवकाश पाउँदै छन् ।

किताबखानाले प्रत्येक आर्थिक वर्षको सुरुवातमा अनिवार्य अवकाश हुने कर्मचारीको नामावली सार्वजनिक गर्दै आएको छ। कार्यालय सहयोगी देखि मुख्य सचिवसम्मका कर्मचारीहरुको अनिवार्य अवकाशको सूचना सार्वजनिक गरेको छ । सुचनामा उमेर हदका कारण वा सेवा अवधिका कारण अनिवार्य अवकाश पाउने कर्मचारीले अवकाश हुने मितिभन्दा ६ महिनाअगावै निजामती सेवा नियमावली २०५० बमोजिमको फाराम भरी आफू बहाल कार्यालयमार्फत राष्ट्रिय किताबखानामा पठाउन अनुरोध गरिएको छ।

किताबखानाद्वार सार्वजनिक गरिएको उक्त सूचनामा अनिवार्य अवकाश हुने सम्बन्धित कर्मचारीको अनिवार्य अवकाशसम्बन्धी सूचनाको पत्र कारणवश प्राप्त नभएमा सबैलाई यसै सूचनाको आधार मानी अवकाश लिने दिने व्यवस्था गर्नू भनी जानकारी गरिएको छ ।

यस्तो अवकाश हुने कर्मचारीको विवरण :

प्रतिक्रिया दिनुहोस