१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली नदीमा पानीको बहाव खतरा नजिक

अ+ अ-

सुदूरपश्चिम । गएरातिदेखि भइरहेको वर्षासँगै कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा पानीको बहाव खतरानजिक पुगेको छ ।

इलाका प्रहरी कार्यालय चिसापानी (कैलाली) का प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर बोगटीले मध्याह्नसम्म कर्णाली नदीमा पानीको बहाव दश दशमलब दश मिटर पुगेको बताए । यो नदीमा पानीको बहाव ११ मिटर पुगेपछि खतरा मानिन्छ ।

पानीको बहाव खतरा नजीक पुगेपछि बर्दिया र कैलालीको तल्लो तटीय क्षेत्रको समुदायलाई सतर्क रहन सूचना दिइएको बोगटीले जानकारी दिए । कर्णाली नदीमा आएको बाढीले बर्दियाको नदी तटीय क्षेत्रका साथै कैलालीको दक्षिण पूर्वी क्षेत्र डुबान र कटानको जोखिममा परेको छ । कर्णाली नदीबाट कैलालीतर्फ आउने विभिन्न कुला तथा खोलामा पनि बहाव बढेको छ ।

उत्तरबाट दक्षिणतर्फ बग्ने कर्णालीमा उर्लिएर आउने बाढीका कारण पश्चिमबाट पूर्वतर्फ सीमा क्षेत्र हुँदै बग्ने मोहना नदीको पानीको बहाव रोकिन गई जिल्लाको दक्षिणी सीमावर्ती गाउँ डुबान र कटानको जोखिममा पर्ने गरेका हुन् । नदीको बाढीले कैलालीको भजनी नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका र टीकापुर नगरपालिकाका कतिपय वडाका गाउँबस्ती डुबानमा परेका सशस्त्र प्रहरी बल नं ३४ गणका प्रहरी उपरीक्षक कमल तिम्सिनाले बताए ।

‘वषासँगै नदीमा बढेको पानीको बहाव गाउँबस्तीमा पसेपछि जिल्लाको दक्षिणी क्षेत्र र दक्षिणपूर्वी क्षेत्रका झण्डै एक हजार ५०० घर डुबानमा परेको जानकारी आएको छ’, उनले भने, ‘डुबानमा परेका घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने कामका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।’

भजनी नगरपालिका वडा नं ३, ५ र ८, जानकी गाउँपालिका वडा नं १, २, ३, ४ र ७, टीकापुर नगरपालिका-२ विजयनगर र मिलनपुर, जोशीपुर गाउँपालिकाको अमरैया र पथरैयालगायत गाउँ डुबानमा परेका छन् ।

उत्तरबाट दक्षिणतर्फ बग्ने खुटिया, मुढा, गोरीगङ्गा, कान्द्रा, शिवगङ्गा र काँडा नदीमा समेत पानीको बहाव बढेको छ । अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी उपमहानगरपालिका कतिपय बस्ती र सडक जलमग्न हुँदा आवागमनमा असहज बनेको छ । वर्षाका कारण कैलालीको दक्षिणी क्षेत्रका अधिकांश भूभाग जलमग्न भएका छन् ।

प्रतिक्रिया दिनुहोस