११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मङ्गोलियामा शिशु कक्षा र विद्यालय सञ्चालन गर्ने तयारी

अ+ अ-

उलान बटोर । मङ्गोलियाको सरकारले शिशु कक्षा र विद्यालयहरु सुचारु गर्ने तयारी भएको बुधबार घोषणा गरेको छ ।

कोरोनाका कारण लामो समयदेखि बन्द रहेका ती संस्थाहरु आगामी सेप्टेम्बर १ देखि सञ्चालन गर्ने तयारी भएको अधिकारीहरुले जनाएका छन् ।

‘देशका सबै शिशु कक्षा र विद्यालयहरु आगामी सेप्टेम्बर १ देखि पुनः सञ्चालन गर्ने निर्णयमा हामी पुगेका छौँ,’ सरकारी कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

त्यसैगरी व्यावसायिक तथा सीपमूलक प्रशिक्षण र उत्पादन केन्द्रहरुका पठन पाठन भने सेप्टेम्बर १४ देखि सुचारु गरिने अधिकारीहरुको भनाइ छ ।

उनीहरुले विश्वविद्यालयका विद्यार्थीहरुलाई अक्टोबर ५ पछि मात्रै कक्षा कोठामा फर्काउने गरी तयारी भइरहेको जानकारी दिएका छन् ।

मङ्गोलियाका प्रधानमन्त्री उख्ना खुरेल्सुखले तोकिएको मितिअनुसार पठनपाठन सञ्चालन गर्ने व्यवस्था गर्न निर्देशन दिएका छन् ।

उनले पठनपाठन सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाको पूर्ण सुनिश्चित गर्न र त्यसका लागि अपनाउनुपर्ने उपायहरु लागू गर्न पनि जोड द्एिका छन् । अन्य कार्यालय तथा क्रियाकलापका लागि पनि उच्च सतर्कतालाई ध्यान दिन उनले सबैलाई आग्रह पनि गरेका जनाएको छ ।

एशियाली यस मुलुकमा गत जनवरीदेखि नै शैक्षिक संस्थाहरुमा अध्ययन अध्यापनको कार्य बन्द गरिएको थियो भने कोरोना भाइरसबाट बच्नका लागि सबै क्षेत्रमा निषेधात्मक व्यवस्थाहरु लागू गरिएको थियो ।

मङ्गोलियामा कोरोना भाइरसका कारण अहिलेसम्म २१९ जना मात्रै सङ्क्रमित भएका छन् । उनीहरु सबै विदेशबाट आएकाहरु रहेको सरकारी अधिकारीहरुको भनाइ छ । कोरोनाकै कारण मङ्गोलियामा अहिलेसम्म कसैको पनि निधन भने नभएको सरकारको दाबी छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस