८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

७२ प्रतिशत कोरोना संक्रमणमुक्त, ६ जिल्लामा संक्रमण शून्य

अ+ अ-

काठमाडौं । गत २४ घण्टामा २ सय २४ जनामा कोरोना देखिएको छ । यो सङ्ख्यासँगै नेपालमा कोरोना भाईरसबाट सङ्क्रमितको कूल सङ्ख्या १९ हजार ७ सय ७१ पुगेको छ ।

कोरोना भाईरसबाट सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या ७२.८ प्रतिशत छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा सबैभन्दा धेरै पर्सामा ४१ जना सङ्क्रमित थपिएका छन् । यस्तै काठमाडौंमा ३२, बझाङका २५, कञ्चनपुरका १८, दार्चुलाका १६, कैलाली र मोरङका १५/१५ जना, झापाका १३ र बैतडीका १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

त्यसैगरी बारामा चार, रौतहट, कास्की, दाङ र डोटीका तीन/तीन जना, नुवाकोट, नवलपुर, म्याग्दी, गुल्मी र दैलेखका दुई/दुई जना तथा रुपन्देही, भक्तपुर, मकवानपुर, धनुषा, सर्लाही सप्तरी, तनहुँ, र बाँकेका एक/एक जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयले गर्ने कोभिड–१९ बारे नियमित प्रेस व्रिफिङमा आज प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट चारजनाको मृत्यु भएको बताए । मृतक सबै वीरगञ्जका हुन् भने उनीहरुमध्ये तीन जनाको वीरगञ्जमा र एक जनाको पाटन अस्पतालमा मृत्यु भएको हो । यससँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ ।

भोजपुर, सङ्खुवासभा, रसुवा, काभ्रे, मनाङ र मुस्ताङ गरी छ वटा जिल्लामा कोभिड–१९ सङ्क्रमण शून्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस