१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमै पहिलोपटक प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार

अ+ अ-

काठमाडौं । नेपालमा पहिलोपटक महाराजगञ्जस्थित टिचिङ अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गरिएको छ।

विराटनगरका ६० वर्षीय कोरोना संक्रमित पुरूषको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको अस्पतालका डा.सन्तकुमार दासले जानकारी दिए।

‘यो विधिबाट नेपालमै पहिलोपटक उपचार भएको हो। अहिले संक्रमितमा धेरै सुधार पनि देखिएको छ,’ उनले भने।

डा. दासका अनुसार गत साउन १० गते संक्रमित पुरूष अस्पताल भर्ना हुँदा उनमा निमोनियाको समस्या थियो।

उनलाई आइसियूमा राखेर उपचार गरिराखिएको थियो। पछि उनलाई भेन्टिलेटरमा राख्नुपर्ने स्थिति पनि आएको दासले बताए। गत बिहीबार भने निको भएका व्यक्तिको प्लाज्मा संक्रमित पुरूषलाई दिएपछि उल्लेख्य सुधार आएको छ।

‘अहिले उहाँको निमोनिया पनि ७० प्रतिशत सुधार भएको छ। पहिले ६० प्रतिशत अक्सिजन चाहिएकोमा अहिले २८ प्रतिशतमात्र चाहिएको छु डा. दासले भने, ‘अब त भेन्टिलेटरमा राख्नुपर्ने अवस्था पनि छैन। साथै दोस्रो पटक प्लाज्मा दिनुपर्ने स्थिति पनि देखिँदैन।’

प्लाज्मा थेरापी कोरोनाका गम्भीर प्रकृतिका संक्रमितको उपचारमा प्रयोग गर्न प्रभावकारी मानिन्छ। यसको प्रयोग अन्य देशहरूले पनि गर्दै आएका छन्। यो विधिबाट निको भएका संक्रमितको रगत गम्भीर बिरामी परेका संक्रमितलाई दिने गरिन्छ।

प्लाज्मा थेरापी विधिबाट उपचार गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस