९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रक्षाबन्धनले हामी सबैलाई एकसूत्रमा बाँध्न अभिप्रेरित गर्छ : मुख्यमन्त्री पौडेल

अ+ अ-

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले रक्षाबन्धन, जनैपूर्णिमालगायतका चाडपर्वले हामी सबैलाई एकतासूत्रमा बाँधी भ्रातृत्व भावनाको विकास तथा मानवताको रक्षार्थ अभिप्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।

जनैपूर्णिमाका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने हिन्दूको महत्वपूर्ण धार्मिक तथा साँस्कृतिक पर्व रक्षाबन्धन तथा जनैपूर्णिमाका अवसरमा सम्पूर्णमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन्। ‘शुक्ल पूर्णिमाको दिन पुरानो जनै फेरेर नयाँ जनै धारण गर्ने तथा विधिवत् रक्षाबन्धन र ऋषितर्पणी गरी धुमधामका साथ मनाउने हिन्दू समाजमा चलन छ’, पौडेलले सन्देशमा उल्लेख गरेका छन् ।

मुख्यमन्त्री पौडेलले सन्देशमा विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीले जनजीवनमा प्रतिकूल असर पारेको, निर्वाध चाडपर्व मनाउन तथा दैनिक जीवन व्यवहार सञ्चालन गर्नसमेत असहजता सिर्जना गरेको उल्लेख गर्दै पछिल्लोपटक वाग्मती प्रदेशका काठमाडौँसहित अन्य जिल्लामा सङ्क्रमण बढ्दो रहेको बताएका छन् ।

‘यसर्थ कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले वृद्ध तथा बालबालिकालाई घरमै बस्न आग्रह गरेको छ भने सुरक्षात्मक मापदण्ड परिपालना गर्न आम नागरिकलाई सजग गराउँदै आएको छ’, पौडेलले सन्देशमा भनेका छन् ।

उनले सङ्क्रमणको अवस्थालाई विश्लेषण गरी प्रदेश सरकारले आवश्यकतानुसार अन्य कदमसमेत अगाडि बढाउनुपर्ने हुन्छ भन्दै मानवजातिकै चुनौतीका रूपमा देखापरेको यस भाइरसका विरुद्धको लडाइँमा संयमता, धैर्य र आत्मविश्वासलाई कायम राख्दै सुरक्षात्मक मापदण्डको अनुसरण गर्न सक्दा विजयी हुने उल्लेख गरेका छन् ।

‘रक्षाबन्धन, जनैपूर्णिमालगायतका चाडपर्वले हामी सबैलाई एकतासूत्रमा बाँधी, भ्रातृत्व भावनाको विकास तथा मानवताको रक्षार्थ अभिप्रेरित गर्ने विश्वाससहित सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा रक्षाबन्धन तथा जनैपूर्णिमाको शुभकामना व्यक्त गर्दछु’, पौडेलले सन्देशमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस