६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुर्खेतमा मल अभाव

अ+ अ-

कर्णाली ।  धान गोडमेल गर्ने ‘सिजन’ शुरु भइसक्यो तर किसानले अझै रासायनिक मल पाएका छैनन् । कोरोना भाइरस विरुद्धको महामारीबाट सुरक्षित रहन सरकारले चार महिना लामो बन्दाबन्दी (लकडाउन) गरेपछि रासायनिक मल ढुवानी हुन नसकेको हो ।

यसपालि मलबिनै खेत गोडमेल गर्नुपरेपछि किसानलाई उब्जनी कम हुने चिन्ता छ । वीरेन्द्रनगर नगरपालिका–४ का किसान अग्नि चौधरीले खेत रोप्ने बेलादेखि गोडमेल गर्ने बेलासम्म युरिया मल नपाएको बताए । ‘अधियाँमा धान रोपेका थियौँ, मल नहुँदा उब्जनी कम हुने देखियो,’ उनले भने, ‘उब्जनी कम हुँदा अधियाँबाट खासै फाइदा हुँदैन, दुःख अनुसार प्रतिफल आउँदैन ।’ वीरेन्द्रनगर–३ पतेनीका किसान ओमप्रसाद भण्डारीले अघिल्ला वर्षमा मलका कारण रामै्र उब्जनी गरेको बताउँदै यसपालि खाद्यान्नको अभाव हुने चिन्ता व्यक्त गरे ।

वीरेन्द्रनगरका चौधरी र भण्डारी मात्र नभई कर्णालीका अधिकांश किसानले मल पाएका छैनन् । मलको अभाव भई धानबालीमा आफूहरुको मेहनत र लगानी खेर गएको किसान बताउँछन् । स्थानीयस्तरमा मल बिक्रीका लागि अनुमति पाएका सहकारी सङ्घ–संस्थाले समेत मल उपलब्ध गराउन सकेका छैनन् ।

मल आपूर्ति गराउँदै आएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका प्रमुख टोपाराम केसीले रासायनिक मल (युरिया) कर्णालीमा मात्र नभई देशैभर अभाव रहेको बताउँदै भने,’लकडाउनले गर्दा युरिया मल नेपालमै भित्रिएको छैन, डिएपी मल भैरहवासम्म आइपुगेको छ ।’सरकारले सहुलियतमा उपलब्ध गराउने मल नपाएपछि कृषिसँग सम्बन्धित सङ्घ–संस्थाले जिल्ला प्रशासन कार्यालयमा केही दिनअघि ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस