१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कञ्चनपुरमा राष्ट्रिय परिचयपत्रका लागि १६ हजारको विवरण दर्ता

अ+ अ-

कञ्चनपुर । कञ्चनपुरमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियानअन्तर्गत तीन साताको अवधिमै १६ हजार ६९ जनाले विवरण दर्ता गराएका छन् ।

कारोना भाइरसको सङ्क्रमण रोकथामका लागि गरिएको बन्दाबन्दीपछि असार अन्तिम सातादेखि सञ्चालन गरिएको दर्ता अभियानअन्तर्गत जिल्लाका नौवटै स्थानिय तहमा ८६ जना कम्प्युटर अपरेटर आवश्यक सामग्री र उपकरणसहित परिचालन गरी दर्ता अभियान शुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्ययका अनुसार राष्ट्रिय परिचयपत्र दर्ताका लागि स्थानीय तहका वडावडामा कम्प्युटर अपरेटर परिचालन गरी दर्ताको कार्य भइरहेको छ । ‘वितरण दर्ताका लागि जनप्रतिनिधिको सहयोग र रुजु अधिकारीका रुपमा वडा सचिवको सहयोग लिइएको छ’, उनले भने, ‘विवरण दर्ताको कार्य सन्तोषजनकरुपमा अगाडि बढी रहेको छ ।’जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले उपलब्ध गराएको विवरणअनुसार बेदकोट नगरपालिकामा चार हजार ३४३, शुक्लाफाँटा नगरपालिकामा तीन हजार ९९४, कृष्णपुर नगरपालिकामा तीन हजार २१८ जनाको विवरण दर्ता गरिएको छ ।

महाकाली नगरपालिकामा एक हजार ४५७, बेलौरी नगरपालिकामा ७५६, बेलडाँडी गाउँपालिकामा ७०७, लालझाडी गाउँपालिकामा ५९९, भीमदत्त नगरपालिकामा ५९५ र पुनर्वास नगरपालिकामा ४०० जनाको विवरण दर्ताको कार्य गरिएको छ । गत चैत महिनामा शुरु भएको अभियान भीमदत्त नगरपालिकाको वडा नं १८ बाट शुभारम्भ गरिएको थियो । कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै बन्दाबन्दी गरिएपछि जारी अभियान स्थगित गरिएको थियो । सो अभियान पुनःअसार महिनको अन्तिम सातादेखि सञ्चालन गरिएको छ । बन्दाबन्दीअघि १० हजार बढी व्यक्तिको विवरण दर्ता गरिएको थियो ।

राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियानका लागि बेदकोट नगरपालिकामा १४, शुक्लाफाँटा नगरपालिकामा ११, कृष्णपुर नगरपालिकामा नौ, महाकाली नगरपालिकामा पाँच, बेलौरी नगरपालिकामा तीन, बेलडाँडी गाउँपालिकामा दुई, लालझाडी गाउँपालिकामा दुई, भीमदत्त नगरपालिकामा ३८ र पुनर्वासमा दुई गरी ८६ जना कम्युटर अपरेटर परिचालन गरिएका छन् । कारोना भाइरस सङ्क्रमणको जोखिमबीच न्यूनतम सेवाग्राही उपस्थित गराएर विवरण दर्ताको कार्य गर्न र स्वास्थ्य र सुरक्षाका मापदण्ड अपनाएर भीडभाड नगर्ने नगराउने गरी सेवा लिन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस