९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युत् सेवा अवरुद्ध हुँदा मुगु सदरमुकाम अन्धकार

अ+ अ-

मुगु । जिल्ला सदरमुकाममा वितरित विद्युत् सेवा अवरुद्ध हुँदा सदरमुकामलगायत आसपासका क्षेत्र अन्धकार भएको छ ।

नेपाल विद्युत् प्राधिकरणअन्तर्गत गमगाड वितरण केन्द्रको विद्युत्गृहमा रहेको नोजल प्रेसर ट्याङ्कको सेटमा समस्या आउँदा बुधबार रातिदेखि विद्युत् सेवा अवरुद्ध भएको हो ।

विद्युत् सेवा अवरुद्ध हुँदा छायाँनाथ रारा नगरपालिकाका १४ वडामध्ये विद्युत् सेवा पुगेका ११ वडामा रहेका दुई हजार ८०४ ग्राहक अँध्यारोमा बस्नु परेको छ भने दैनिक सरकारी कामकाज सञ्चालन गर्न समस्या भएको छ ।

बुधबार राति ११ बजे विद्युत्गृहमा नोजल प्रेसर ट्याङ्कबाट तेल चुहावट भएपछि विद्युत् उत्पादनमा अवरोध आएको थियो । मुगुका करीब १० हजार घरधुरीलाई लक्षित गरी स्थापना गरिएको गमगाड साना जलविद्युत् आयोजना पटकपटक बिग्रिन थालेपछि स्थानीय बासिन्दाले सास्ती बेहोर्दै आएका छन् ।

करीब ३९ हजार ६०७ युनिट बत्ती खपतबाट करीब रु तीन लाख ५० हजार मासिक आम्दानी हुने गरेको गमगाड साना जलविद्युत् आयोजनाले जनाएको छ ।

कूल ४०० किलोवाट विद्युत् उत्पादन क्षमता रहेको विद्युत् उत्पादन केन्द्रको नोजल प्रेसर सेट मर्मत तथा नयाँ सेट खरिदका लागि नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयमा पत्राचार गरिसकिएको र उक्त सामग्री चीनमा मात्र पाइने हुँदा खरिदका लागि केही समय लाग्ने भएकाले बत्ती आउने समय यकिन भन्न नसकिने आयोजनाका निमित्त कार्यालय प्रमुख रामबहादुर महतले बताए ।

प्रतिक्रिया दिनुहोस