७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिडिओ-सहायक सिडिओसहित १६ जना सहसचिव र उपसचिवको सरुवा

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी(प्रजिअ) तथा सहायक प्रमुख जिल्ला अधिकारी(सप्रजिअ)सहित १६ जना सहसचिव–उपसचिवको सरुवा गरेको छ ।

आइतबार बसेको मन्त्री स्तरीय बैठकले तीन सहसचिवसहित १३ जना उपसचिवको सरुवा गरेको हो ।

प्रशासन सिंहदरवार स्रोतका अनुसार गृह मन्त्रालयका सहसचिव त्रय अरुण पोखरेललाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, उमेश बस्नेतलाई जिल्ला प्रशासन कार्यालय रौतहटको प्रमुख जिल्ला अधिकारी र सन्त बहादुर सुनारलाई जिल्ला प्रशासन कार्यालय दैलेखको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिई पठाएको छ ।

मन्त्रालयका उपसचिव कृष्ण बहादुर शाहीलाई जिल्ला प्रशासन कार्यालय झापामा पदस्थापन गरेको छ भने दीपक कोइरालालाई जिल्ला प्रशासन कार्यालय धनुषामा पदस्थापन गरिएको छ ।

त्यसै गरी गृह मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी उमाकान्त अधिकारीलाई जिल्ला प्रशासन कार्यालय म्याग्दीको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई गृह मन्त्रालय, दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेललाई राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, सिँहदरवार र म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

यस्तै राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग सिँहदरवारका निर्देशक हिरादेवी पौडेललाई मुस्ताङको सिडिओ बनाई पठाइएको छ भने जिल्ला मुस्ताङका सिडिओ वेद प्रसाद अर्याललाई पर्साको सहायक प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसाललाई जिल्ला प्रशासन कार्यालय प्युठानको प्रमुख जिल्ला अधिकारी र प्युठानका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थलाई गृह मन्त्रालयमा तानिएको छ ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीलाई जिल्ला प्रशासन कार्यालय मनाङको प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईलाई जिल्ला प्रशासन कार्यालय रुकुम पूर्व र पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतलाई जिल्ला प्रशासन कार्यालय ललितपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस