६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीलाई घरबाटै काम गराउन राष्ट्र बैङ्कको निर्देशन

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्था कर्मचारीलाई घरबाटै काम गराउन र सिफ्टमा काम गराउन निर्देशन दिएको छ ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले विभिन्न उपायहरू अवलम्बन गरिरहेको सन्दर्भलाई जोड्दै केन्द्रीय बैङ्कले सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सेवा प्रवाह गर्न भनेको हो ।

बैङ्कले आइतबार एक परिपत्र जारी गर्दै बैङ्क तथा वित्तीय संस्थालाई विशेष परिस्थितिलाई ध्यान दिएर वर्क फ्रोम होमको व्यवस्था मिलाउन भनेको छ ।

साथै, कार्यालयमा अत्यावश्यक कर्मचारीलाई आलोपालो प्रणालीमा कर्मचारी उपस्थित हुने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

त्यस्तै प्रादेशिक शाखामा न्यूनतम कर्मचारीबाट सेवा सञ्चालन गर्ने वा वैकल्पिक रूपमा सञ्चालन गर्न सकिने शाखा पनि आलोपालो सञ्चालन गर्ने व्यवस्था मिलाउन राष्ट्र बैङ्कले आग्रह छ ।

कोरोना भाइरसको सन्त्रास बढेसँगै देशका विभिन्न स्थानमा गरिएको बन्दाबन्दी, निषेधाज्ञा, सवारी साधनको आवागमनमा जोरबिजोर प्रणाली लागू गरेपछि राष्ट्र बैङ्कले बैङ्कहरूलाई उक्त निर्देशन दिएको राष्ट्र बैङ्कले जनाएको छ ।

बैकले विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्न निर्देशन दिँदै बैङ्किङ सेवामा रहेका जनशक्ति तथा सेवाग्राहीको सुरक्षा तथा सङ्क्रमणलाई न्यूनीकरण गर्न सुरक्षाका सबै उपाय अनिवार्य रूपमा अपनाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस