काठमाडौँ । गृह मन्त्रालयले काठमाडौँ उपत्यकामा सवारीसाधनमा जोरबिजोर प्रणालीको नियम लागू गराउन १३ वटा टोली परिचालन गरेको छ।
सरकारले काठमाडौँ उपत्यका र कोरोनाका सक्रिय सङ्क्रमित २ सय नाघेका जिल्लामा सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरे पनि कार्यान्वयन नभएको र भींडभाड उस्तै रहेको भन्दै आलोचना भई रहेका बेला सरकार कडाइ गर्ने मनस्थितिमा पुगेको हो । मन्त्रालयले जिल्लामा समेत अनुगमन टोली खटाई साप्ताहिक कार्य प्रगति पठाउन भनेको छ ।
गृहका अनुसार काठमाडौँमा ५ तथा ललितपुर र भक्तपुरमा चार/चार वटा टोली परिचालन गरेको हो। टोलीले जोरबिजोरसँगै व्यक्तिगत भौतिक दूरीको पालना, मास्कको प्रयोग लगायतका बारेमा अनुगमन गरेर कारबाही गर्नेछ।
त्यस्तै अनुमति बिना नै काठमाडौँ प्रवेश गर्न खोज्ने ७ हजार ६ सय बढी सवारीसाधन र १९ हजार ४ सय ८३ यात्रुलाई फिर्ता पठाइएको छ।
एक अविच्छिन्न र स्थायी सरकार हो राज्यको प्रशासन क्षेत्र । जनताप्रति सदैव र निरन्तर उत्तरदायी
भइरहनु पर्ने राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी
जरुरी छ । प्रशासन क्षेत्रले आम सेवाग्राही जनतालाई दिने सेवा प्रवाहका हरेक गतिविधिहरूलाई
सूक्ष्म निगरानी गरी थप जन मैत्री गराउन सकारात्मक खबरदारी प्रयास हो प्रशासन डटकम अनलाइन
पत्रिका ।