८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालिकोटमा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु

अ+ अ-

कालिकोट । कालिकोटमा पहिरोले घर पुरिँदा एकै घरमा ६ जनाको मृत्यु भएको छ ।

जिल्लाको महाबै गाउँपालिका वडा नम्बर ३ का राजबहादुर विष्टको घर पुरिदा उनको परिवारका ४ सदस्य र दुई छिमेकीसमेतको मृत्यु भएको हो।

सुतिरहेका बेला मध्यराति आएको पहिरोले घर पुरिदा उनिहरुको मृत्यु भएको कालिकोट जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी श्यामबाबु ओलिया बताए ।

पहिरोमा परी विष्टका दुई छोरा १३ वर्षीय पुष्प, ११ वर्षीय प्रवीण तथा दुई छोरी १८ वर्षीया सविना र १५ वर्षीया आशा विष्टको मृत्यु भएको हो। यसैगरी सोही घरमा सुतेका छिमकी दिलबहादुर विष्टका दुई छोरी १९ वर्षीया शान्ति र १० वर्षीया रेखा विष्टको मृत्यु भएको डीएसपी ओलियाले जानकारी दिए।

एकै घरमा सुतेका भए पनि घरमूली राजबहादुर विष्टका दम्पती भने बाँच्न सफल भएका छन्।

टिनको छानो भएको ढलान घरमा पहिरो खस्दा भुइँतलाभन्दा माथि सुतेका जति टिनको छानाले च्यापिएर मृत्यु भयो तर विष्ट दम्पती भुइँतलामा सुतेकाले पक्की घर भएकाले बाँच्न सफल भएका डीएसपी ओलियाले बताए

६ जनाको घटनास्थलमै मृत्यु भएको र उनीहरूको शव निकाािलसकिएको जानकारी पनि डीएसपी ओलियाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस