१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा सुनको मूल्य बढ्नुको कारण र असर

अ+ अ-

सुन एक विलासी र बहुमूल्य पहेँलो धातु हो । मानव अस्तित्वको विकास सँगै विभिन्न स्वरूपमा प्रयोग भएको पाइन्छ । प्राचीनमा सिक्का, मूर्तिकलामा प्रयोग हुँदै हाल सुरक्षित लगानीको क्षेत्रमा विकास हुने क्रममा छ । विश्वव्यापी मान्यताको कारण यसको महत्त्व दिनानुदिन चुलिँदो छ ।

भूमण्डलीकरणको वर्तमान विश्वमा राष्ट्रिय अर्थतन्त्र विश्व अर्थतन्त्रसँग आवद्तासँगै विश्व बजारमा भएको बढोत्तरीको असर नेपालमा पनि प्रत्यक्षरुपमा पर्दछ । पछिल्लो पटक सन् २००९ को आर्थिक मन्दीको समयमा संयमितरुपमा बढेको सुनको मूल्य सन् २०२० मा आइपुग्दा नाम जस्तै मूल्य पनि द्रुत गतिमा बढी दिनानुदिन नयाँ रेकर्ड कायम राखेको छ ।

अर्थशास्त्रको सामान्य सिद्धान्त अनुसार माग र आपूर्तिको आधारमा सुनको मूल्य निर्धारण हुन्छ । मौसमीरुपमा विवाह, पार्टी र अन्य चाडपर्वमा सुनको मूल्य बढ्ने गरेकोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमले मूल्य बढ्नमा समर्थन गरेको देख्न सकिन्छ । छापावाल सुन ०७६ वैशाखमा प्रतितोला रु ५९६०० रही माघदेखि क्रमिकरुपमा उकालो लाग्दै ०७६ चैत्र १० मा रु ७७००० र बन्दाबन्दी खुलेसँगै बढ्न सुरु भएको ०७७ श्रावण २६ मा रु १०३५०० रही एक वर्षको अवधिमा लगभग ५७ प्रतिशतले बढेको छ ।

सुनको मूल्य बढ्नुको कारण
०७६ पौष पहिलो साता चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले विश्वव्यापी महामारीको स्वरूप लिइरहँदा नेपाल पनि अछुतो रहन सकेन । व्यापार युद्ध र व्यापार कूटनीतिको नाममा चीनलाई एक्ल्याउने रणनीति, कच्चा तेलको मूल्यमा आएको गिरावट, कोरोना भाइरसको कारण सुस्ताउँदो सेयर बजार जस्ता कारणले निजी र संस्थागत लगानीकर्ताको सुरक्षित वैकल्पिक लगानीको क्षेत्र नहुँदा सुनलाई सुरक्षित लगानीमानि लगानी गर्दा विश्व बजारमा सुनको मूल्य बढ्न गयो ।

कोरोनाको प्रकोप, शेयर बजारको उतारचढाव, जग्गाको कित्ताकाटमा रोक लगाउने सरकारी नीति र प्रतितोला सुनको मूल्य केही महिनामा एक लाख पचास हजार पुग्ने प्रक्षेपण जस्ता बाह्य र आन्तरिक कारणले लगानीकर्ताको मनोबलमा गिरावट आई सुनको लगानी सुरक्षित देखिँदा सुनको मूल्यले दिनानुदिन रेकर्ड तोडेको छ । यसरी रेकर्ड तोड्नुमा निम्न कारण रहन सक्दछन् ।

– घट्दो बैङ्क ब्याजदर सामान्य अवस्थामा सुनको मूल्य र व्याजदरबीच उल्टो सम्बन्ध रहेको हुन्छ । निक्षेपको ब्याजदर बढ्दा सुनको मूल्य घट्छ भने ब्याजदर घट्दा सुनको मूल्य बढ्छ । ब्याजदर कम हुँदा निक्षेपकर्ताले बैङ्कमा राखेको निक्षेपबाट कम व्याज प्राप्त गर्ने र ब्याजदर बढ्दा बढी व्याज प्राप्त गर्ने गर्दछन् । वर्तमानमा अमेरिकी फेडरेलिजम बैङ्कले निक्षेपकर्ताको ब्याजदर ३.५ प्रतिशतबाट ०.२५ प्रतिशतमा झारेको र नेपालमा पनि निक्षेपमा झण्डै १० प्रतिशतको हाराहारीमा रहेको ब्याजदर ३ प्रतिशतमा झरेकोले लगानीकर्ता सुनतर्फ आकर्षित हुँदा मूल्य बढ्न गएको छ ।

– रिजर्भ विश्वका सबै केन्द्रीय बैङ्कले नोट निष्कासन गर्दा सुन, एस.डी.आर लगायतका विदेशी मुद्रा धितोमा राख्नु पर्ने हुन्छ । विगतको इतिहास हेर्दा धितोकोरुपमा विदेशी मुद्रालाई पहिलो रोजाइमा राखी सुनलाई दोस्रोमा राख्ने गरेकोमा पछिल्लो पटक सुनलाई पहिलो नम्बरमा राखी ग्राम वा किलोमा होइन टनमा खरिद गरी रिजर्भ राखेको देखिन्छ । हालै मात्र मङ्गोलियाले वर्षको पहिलो सात महिनामा ११.३ टन सुन खरिद गरेको समाचार आएको थियो । नेपालको केन्द्रीय बैङ्कले समेत ०७६ जेष्ठसम्म ३३ अर्व ८३ करोड सुनमा लगानी गरेकोमा ०७७ जेष्ठमा आइपुग्दा ४६ अर्व ६० करोड लगानी गरेको छ । जसले गर्दा पनि सुनको मूल्य वृद्धि गराउन सहयोग पुगेको छ ।

– विश्व राजनीति र व्यापार युद्ध विश्व अर्थतन्त्र एक ध्रुवीयबाट दुई ध्रुवीयतर्फ मोडिने क्रममा छ । पुँजीवादी अर्थव्यवस्था अङ्गालेका गुट र समाजवादी अर्थव्यवस्था अङ्गालेका राष्ट्रबीच व्यापार युद्ध चलेको छ । अमेरिका, बेलायत र चीनबिच हंकङको स्वायत्तताको विषयमा, चिन र भारतबीच गलवान उपत्यकाको विवाद, अमेरिका र इरानबीच आणविक हतियार र सुलेमानी हत्या प्रकरणले एक अर्काबीच राजनीतिक र आर्थिक निस्तेजको अवस्था रहेको र सोही कारण विभिन्न चिनियाँ एप्समाथिको प्रतिबन्ध, चिनियाँ कम्पनी हुवावेको फोर जी लगानीमा बेलायत र अमेरिकामा प्रतिबन्ध र सम्झौता तोडिनु, इरानको तेल निर्यातमा प्रतिबन्ध लगाइनु जस्ता कारणले विश्व अर्थतन्त्र अस्थिर हुँदा लगानीकर्ताले सुनलाई सुरक्षित लगानीको क्षेत्र ठान्दा विश्वमा सुनको मूल्य बढ्नु र सोको असर नेपालमा पनि पर्दा सुनको मूल्य बढ्नु ।

– कोभिड १९ र बन्दाबन्दी विश्वव्यापी कोरोना भाइरसका कारण प्रायः राष्ट्र लकडाउनमा गए बन्दाबन्दीको कारण लगानी, उत्पादन र वितरण प्रणाली प्रभावित हुँदा अर्थतन्त्र शिथिल हुन पुग्यो । बेरोजगारसँगै बढेको गरिबीलाई सरकारले ल्याएको आर्थिक प्याकेजले अर्थतन्त्र पुनरुत्थान हुन सकेन । कोरोना विरुद्धको भ्याक्सिन पत्ता लाग्न समय लाग्दा लगानीकर्तामा नैरास्यता ल्यायो । जसका कारण सुनलाई सुरक्षित लगानीकोरुपमा लगानी गर्दा सुनको मूल्य बढ्यो ।

– कमजोर सेयर बजार कोरोना भाइरस लगायत विभिन्न परिदृश्यले गर्दा बैङ्क तथा वित्तीय क्षेत्रमा नगद जम्मा भएर बस्यो । लगानी र ऋण प्रवाह नहुँदा दोस्रो बजारमा सूचीकृत भएका कम्पनीको मुनाफा कम हुने, प्रतिशेयर आम्दानी तुलनात्मकरुपमा घट्ने जस्ता कारणले सेयरहोल्डरले पाउने मुनाफामा असर पर्दा शेयर बजारका लगानीकर्ताले मुनाफा सुरक्षित गर्न सुनमा लगानी गर्दा सुनको मूल्य बढ्न पुग्यो ।

– डलरसँग नेपाली मुद्राको कमजोर क्रय शक्ति सुन खरिद गर्दा डलरमा भुक्तानी दिनुपर्ने हुन्छ । मुद्राको क्रय शक्ति र सुनको मुल्यबीच नकारात्मक सम्बन्ध रहन्छ । वर्तमान अवस्थामा डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर छ । नेपाली एक रुपैयाँ बराबर १२२ अमेरिकी डलर पुगेर रेकर्ड नै कायम गरेको छ । तसर्थ नेपाली रुपैयाँको तुलनामा डलरको मौद्रिक मूल्य बढी रहँदा सुनको मूल्य बढ्न गएको पाउन सकिन्छ ।

सुनको मूल्य बढ्दाको असर
सुनमा गरिएको लगानी अनुत्पादक लगानी हो । कुनै खास व्यक्ति वा लगानीकर्तालाई क्षणिक लाभ दिएता पनि दीर्घकालमा राष्ट्रको लागि घाटा हो । सुनको मूल्य बढ्दा माग कम हुन्छ । कम मागले सुन आयतमा कमी ल्याउँदछ । आयत कम हुँदा विदेशी विनियमको सञ्चिती बढ्छ भने व्यापार घाटा कम गराउन सहयोग पुराउँदछ । यसरी हेर्दा अल्पकाल र संकुचितरुपमा सुनको मूल्य बढ्दा राष्ट्रलाई फाइदा जस्तो देखिएता पनि त्यस्तो होइन । विलासी धातु, विश्वव्यापी मान्यता, मौद्रिक मूल्य जस्ता कारणले सुनको माग सधैँ कम हुन्छ भन्न सकिँदैन ।

राष्ट्रलाई वैदेशिक व्यापारको लागि सुन वा विदेशी विनिमय आवश्यक पर्दछ भने धनी व्यक्तिलाई प्रतिष्ठाको विषय भएकोले सुन खरिद गर्नु आवश्यक ठान्दछन् । नेपालमा सुनको उत्पादन नहुने र आयत गर्दा विदेशी विनिमय सकिने साथै व्यापार घाटालाई टेवा पुग्ने जस्ता कारणले दीर्घकालमा राष्ट्रलाई नोक्सान पुराउँदछ । हाल यस्तो नोक्सान कम गर्न सरकारले राष्ट्रिय ढुकुटीमा विदेशी मुद्रा संचिति वृद्ध गर्न चैत्र १६ गतेदेखि सुनको आयत कोटा २० किलोबाट घटाएर १० किलोमा झारे पनि मूल्य निरन्तर बढिरहेको छ ।

कुनै बेला तोलाको हजारमा पाइने सुन अहिले लाखमा पुग्दा यसको महत्त्व दिनानुदिन चुलिँदो छ । यही अवस्था कायम रहे मध्यम र न्यून वर्गीय नागरिकलाई सुनको कुरा सपना जस्तो लाग्न सक्दछ । त्यति बला ‘लङ्कामा सुन छ कान मेरा बुच्चै’ भन्ने उखान चरितार्थ बन्नेछ । सुनका विषयमा जानकारले भने जस्तो सन् २०२१ सम्म प्रतितोला एक लाख पचास हजार वा सो भन्दा माथि पुगेमा र सोही विन्दुमा स्थिर रहे सुरक्षा जोखिमका कारण पहेँलै देखिने सुन पसल बन्द भई बैङ्कका लकर सुनले भरिनेछन्, सुन व्यवसायी पलायन हुनेछन् । तीज दशैं जस्ता चाडपर्वमा देखिने सुनको फेसन सो कम हुनेछ । भने सुन बढेकोबेला बेच्दा राम्रै दाम हात पर्छ भन्दै सुन पसलहरूमा पुग्नेहरू जर्ती, रसायन, खरिद गर्दाको बिल नभएको र रिफाइनरी चार्ज जस्ता नाममा ठगिन पुग्नेछन् । सुनको कालो बजारी बढ्नेछ र सुरक्षा चुनौती थपिनेछ ।

प्रतिक्रिया दिनुहोस