‘काठमाडौँ । बलिउडका चर्चित निर्देशक निशिकान्त कामतको निधन भएको छ । दृश्यम’, ‘मुम्बई मेरी जान’ का निर्देशक कामतको ५० वर्षको उमेरमा निधन भएको हो ।
कलेजोको रोगबाट पीडित उपचारकै क्रममा सोमबार बेलुका करिब साढे चार बजे निधन भएको एआईजी अस्पतालले जानकारी दिएको छ । उनी दुई वर्षदेखि लिभर सिरोसिस रोगबाट पीडित थिए ।
नायक अजय देवगत र रितेश देशमुखले ट्वीट गर्दै दुःख व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘उनीसँगको सम्बन्ध त्योभन्दा पनि निकै माथि थियो । उनी सधैँ हाँसिरहने र अत्यधिक प्रतिभाशाली कलाकार थिए । उनी निकै छिटो बिदा भए ।’
निशिकान्त कामत सन् २००८ मा ‘मुम्बई मेरी जान’ फिल्मबाट निर्देशनको क्षेत्रमा कदम राखेका थिए । उनले थुप्रै फिल्ममा अभिनय पनि गरेका थिए । उनले जोन अब्राहमको फिल्म रकी ह्यान्डसममा भिलेनको भूमिका निभाएका थिए ।