९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सैन्य नियन्त्रणपछि मालीका राष्ट्रपतिले सरकार र संसद् भङ्ग गर्दै पदबाट दिए राजीनामा

अ+ अ-

काठमाडौँ । अफ्रिकी मुलुक मालीका राष्ट्रपति इब्राहिम बुबाकार केटाले पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रपति केटाले संसद् र सरकार भङ्ग गर्दै पदबाट राजीनामा दिएको त्यहाँका सरकारी टेलिभिजनको सम्बोधनमा बताएका छन्।

उनले भनेका छन्,‘म मेरो शासनकालमा रक्तपात होस् भन्ने चाहन्न। यदि हाम्रा सैन्य बलका केही मानिसहरू मेरो शासनमा हस्तक्षेप गरेर सक्न चाहन्छन् भने मसँग विकल्प नै के छ र ?, संबोधनमा उनले भने।

बिबिसीमा प्रकाशित समाचारका अनुसार यो घोषणा हुनु केही घण्टा अगाडि त्यहाँको विद्रोही सैनिकले राष्ट्रपति इब्राहिम बुबाकार केटा र प्रधानमन्त्री बोबू सिसोलाई हिरासतमा लिएका थिए। सेनाले गरेको यो विद्रोहको सुरुवात मङ्गलवार राजधानी बामाको नजिक रहेको एक सैन्य क्याम्पबाट सुरु भएको थियो। बामाबाट १५ किलोमिटरको दुरीमा रहेको काटी क्याम्पमा असन्तुष्ट तल्लो दर्जा सैनिकहरू आफ्ना कमान्डरलाई नियन्त्रणमा लिदैं क्याम्पमा कब्जा जमाएका थिए।

यसपछि प्रदर्शनकारी युवाहरूको समूहले शहरका सरकारी भवनहरूमा आगजनी गरेका थिए। मालीमा राष्ट्रपतिको राजीनामा माग्दै प्रदर्शनहरू भइराखेका थिए। मालीका सेनामा चरमपन्थी जिहादीसँग लगातार चल्दै आएको सङ्घर्ष तथा तलबलाई लिएर लामोसमयदेखि आक्रोश रहँदै आएको थियो।

केटाले सन् २०१८ मा लगातार दोश्रोपटक चुनाव जिते पनि उनको शासनकालमा भ्रष्टाचार बढेको, अर्थव्यवस्थाको व्यवस्थापन नभएको र साम्प्रदायिक दङ्गा बढेको भन्दै जनतामा आक्रोश बढिरहेको थियो भने केही महिनायता सोका विरुद्ध मालीमा ठुलो सङ्ख्यामा प्रदर्शनहरू हुँदै आएका थिए।

यसले रूढीवादी इमाम महमूद डिको अगुवाइमा एउटा नयाँ विपक्षी गठबन्धनको उदय गराएको छ। गठबन्धनले नयाँ सुधारसहित मिलीजुली सरकारको माग गर्दै आइरहेको थियो।

प्रतिक्रिया दिनुहोस