१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रकविको निधनप्रति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्धारा दुःख व्यक्त

अ+ अ-

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले दुःख व्यक्त गरेको छ ।

समाजका अध्यक्ष एवम् साहित्यकार गीता खत्रीले आज शोक विज्ञप्ती जारी गरी कविवर घिमिरेको निधन भएको दुःखद समचारले अनेसास परिवार स्तब्ध भएको बताएका छन् ।

‘नेपाली शास्त्रीय छन्दका कविता र गीति कविताका माध्यामबाट नेपाली साहित्यलाई दर्जनौँ कालजयी कृति दिएर नेपाली साहित्य भण्डारलाई समृद्ध बनाएका राष्ट्रकविको परलोक गमनसितै नेपाली साहित्यको एक युगको अवसान भएको छ,’–विज्ञप्तीमा भनिएको छ ।

अनेसास बोर्ड अफ ट्रष्टिका कोषाध्यक्ष राम लामा ‘अविनाशी’ले नेपाली साहित्य क्षेत्रको विकासका लागि राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय रहेको बताए । नेपाली साहित्यको इतिहासलाई वजनदार बनाएर राष्ट्रकवि विदा भएको उनको भनाइ छ ।

अनेसासले एक शताब्दी लामो उतारचढावपूर्ण जीवन बिताएर १०१ वर्षको उमेरमा परलोक भएका राष्ट्रकविको चिरकाल बैकुण्ठमा बासको कामना समेत गरेको छ । राष्ट्रकविसितको वियोगको यस शोकाकुल घडीमा धर्मपत्नी, छोराछोरी, सकल परिवारजन तथा देश विदेशमा रहेका नेपाली भाषा साहित्यका साधक तथा शुभचिन्तकमा अनेसासले हार्दिक समवेदना प्रकट समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस