९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष तोक्ने सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

अ+ अ-

काठमाडौं । सरकारले प्रेस काउन्सिलको नियममा थप व्यवस्था गरेर कार्यवाहक अध्यक्षको जिम्मेवारी दिँदा काउन्सिलको स्वायत्ततामा अनुचित असर पर्ने भन्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले नियमावली संशोधनले काउन्सिलको स्वायत्ततामा अनुचित असर पर्न सक्ने देखिएको भन्दै संशोधन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

मन्त्रिपरिषद बैठकले साउन २६ गते प्रेस काउन्सिल (कार्य व्यवस्था)नियमावलीको नियम ३ क। थप गरी काउन्सिलमा कार्यवाहक अध्यक्ष तोक्न सक्ने व्यवस्था गरेको थियो । त्यसपछिको मन्त्रिपरिषदको अर्को बैठकले कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्ति गर्ने निर्णय गरेको थियो ।

सरकारको निर्णयले काउन्सिलको स्वायत्तता नरहने भन्दै काउन्सिल सर्वोच्च गएको थियो । उक्त रिटमा सुनुवाई गर्दै सर्वोच्चले नियमावलीको संशोधित नियम कार्यान्वयन नगरी प्रेस काउन्सिलमा भइरहेका अध्यक्षलाई हटाउने गरी काम नगर्न आदेश दिएको हो ।

सर्वोच्चले नियमावली संशोधनले काउन्सिलका अध्यक्षको योग्यतासम्बन्धी हाल अदालतमा विचाराधीन मुद्दासमेत प्रभावित हुने बताएको छ । प्रेस काउन्सिलका अध्यक्ष भवानी बरालको योग्यता नपुगेको भनी काउन्सिलमा दायर भएको मुद्धा हाल विचाराधीन छ उक्त मुद्धापछि बराल निलम्बित छन् ।

बरालले अध्यक्षको हैसियतमा कामकाज गर्न नपाएपछि काउन्सिल बोर्डले सदस्य किशोर श्रेष्ठलाई कार्यबाहक अध्यक्ष तोकेको थियो । सर्वोच्चको आदेशपछि अब काउन्सिल कार्यवाहक अध्यक्षमा श्रेष्ठले कायम रहनेछन् ।

प्रतिक्रिया दिनुहोस