९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना रोकथामका लागि प्रदेश २ सरकारले गरेका कामको विवरण बुझाउन अदालतको आदेश

अ+ अ-

जनकपुरधाम । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नम्बर २ सरकारले गरेका कामको सम्पूर्ण विवरण बुझाउन उच्च अदालत जनकपुरले अन्तरिम आदेश जारी गरेको छ।

उच्च अदालत जनकपुरको वीरगन्जमा रहेको अस्थायी इजलासमा अधिवक्ता सुधीर कुमार कर्णले दायर गरेका रिट उपर सुनवाई गर्दै प्रदेश सरकारले साउन ३२ गतेसम्म गरेका कोरोना रोकथाम सम्बन्धी काम तथा निर्णयका विवरणहरूसहित उपस्थित हुनका लागि अदालत अन्तरिम आदेश जारी गरेको हो।

न्यायाधीश डिल्लीराज आचार्यको इजलासबाट रिट दायर भएकै दिन आदेश जारी भए पनि अदालतको आदेशलाई प्रदेश सरकारले बेवास्ता गरेपछि भदौ १ गते न्यायाधीश द्वय अब्दुल अजिज मुसलमान र रमेशकुमार पोखरेलको संयुक्त इजलासले ७ दिनभित्र सम्पूर्ण विवरण पेस गर्न पुनः आदेश जारी गरेको छ।

अदालतबाट जारी अन्तरिम आदेशमा भनिएको छ, ‘यस अदालतबाट २०७७ साउन १६ मा जारी भएको अन्तरिम आदेशअनुसारका कार्यहरू एवं कोरोना नियन्त्रण सम्बन्धमा मिति २०७७ साउन ३२ सम्म गरिएका मुख्य मुख्य कामहरूको विवरण एवं तत् सम्बन्धी सम्भावित कार्य योजना विवरणका साथ मिति २०७७ भदौ १ मा उपस्थित हुन आउनु भनी विपक्षीहरूको नाउँमा आदेश भएकोमा सो बमोजिम विवरण पेस हुन आएको देखिएन। तसर्थ यो आदेश प्राप्त भएको मितिले ७ दिन भित्र विपक्षीहरूबाट उल्लेखित विवरण यस अदालतमा अनिवार्य रूपमा पेस गर्नु गर्न लगाउनू।’

साथै पीसीआर परीक्षणको दायरा बढाउनुका साथै कनट्र्याक्ट ट्रेसिङको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउन समेत अदालतले आदेश दिएको छ।

निषेधाज्ञा कायम रहेको वर्तमान अवस्थामा आम नागरिकलाई दैनिक रूपमा आवश्यक पर्ने खाद्य सामग्री तथा तरकारी खरिद बिक्रीका लागि बिहान बेलुका निश्चित समय तथा ठाउँ निर्धारण गरी सुरक्षित बिक्री गर्न आवश्यक सुरक्षा प्रबन्ध समेत मिलाउनका लागि पनि उच्च अदालतले प्रदेश सरकारलाई आदेश दिएको छ।

प्रदेश नम्बर २ सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सामाजिक विकास मन्त्रालय लगायतलाई विपक्षी बनाउँदै कोरोना रोकथाम तथा नियन्त्रण तर्फ उदासीनता देखिएकोले अन्तरिम आदेशको माग गर्दै अधिवक्ता कर्णले साउन १६ मा रिट दायर गरेका थिए।

प्रतिक्रिया दिनुहोस