१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आसेपासेले पुरस्कार पाउने दिन फेरि आयो

अ+ अ-

भदौ २२ अर्थात् निजामती सेवा दिवस हरेक निजामती कर्मचारीको विशेष दिन हो । अब भदौ २२ आउन केही दिन मात्रै बाँकी छ । आज म यही निजामती सेवा भित्रका केही कुरालाई अथवा निजामती सेवा दिवसको दिन प्रदान गरिने पुरस्कारको बारेमा केही लेख्ने जमर्को गर्दै छु। हरेक वर्ष निजामती सेवा दिवसको दिन प्रदान गरिने पुरस्कारको बारेमा धेरै कुरा निजामती सेवा भित्र छिरेका कर्मचारीलाई अनिवार्य थाहा होला र हुनुपर्छ । धेरैको चासोको विषय पनि हुनु जरुरी छ।

म निजामती सेवामा प्रवेश गर्दै गर्दा संयोगले उच्च तहका एक जना महानुभाव सँग निजामती पुरस्कारका बारेमा सोधेको थिएँ । पुरस्कार दिन योग्य कर्मचारी कसरी छान्ने गरिन्छ ? भनेर पनि सोधेको थिएँ । उहाँको जवाफ थियो नजरमा पर्न सक्ने काम गर्नु पर्छ । म केही बोलिन । सेवा समूह अनुसार तोकिएको काम इमानदार र सही तरिकाले गर्नेहरुनै पुरस्कारको लागि छनोट हुन्छन् होला भन्ने मेरो सोचाइ थियो । तर मैले केही वर्ष निजामती सेवामा बिताउँदा नबुझेको कुरा धेरै छन् । निजामती पुरस्कारको बारेमा आज तिनै नबुझेको कुरालाई लेख्ने कोसिस गरेको छु ।

निजामती पुरस्कार एक इमानदार कर्मचारीको आसाको पुरस्कार हो । जो आफ्नो काम र कर्तव्य तोकिएअनुसार सधैँ तोकिएकै समयमा पूरा गर्छ । नेपाल सरकारले लगाएको जुनसुकै काम गर्छ । निजामती सेवालाई आस्थाको सेवा बनाएको छ । जो आफ्नो जिउ ज्यान र सीपले भ्याए जति काम गरेको पहाड, खोला, हिउँ केही नभनी सेवामा लागि परेको छ । उसैले पाउनु पर्ने पुरस्कार हो निजामती पुरस्कार । तर यहाँ त्यस्तो कदापि भएको छैन । कहिल्यै भएको छैन । निजामती सेवामा चाकडी, चाप्लुसी र आसेपासेको हाबी हुँदासम्म यो प्रवृत्तिको अन्त्य हुने छैन ।

सर्वोत्कृष्ट निजामती पुरस्कार अहिलेसम्म किन धेरै चोटि कसैलाई दिन सकिएको छैन ? के त्यो पुरस्कार पाउन योग्य कर्मचारी नभएकै हो त ? यी प्रश्नहरूको एउटै जवाफ हो आसेपासेको योग्यता पुगेन । इमानदार कर्मचारी पुरस्कार सिफारिस गर्नेको नजरमा परेनन् । यो भन्दा अरू कारण हुँदै होइन। सर्वोत्कृष्ट निजामती पुरस्कारको जो आजसम्म एक पटक मात्रै एक जनालाई प्रदान गरिएको थियो । सिंहदरबार बस्नेहरू नै नाम सिफारिस गर्छन् । अनि उनै अनुमोदन र उनै थाप्छन् पुरस्कार । किन केही वर्षदेखि सर्वोत्कृष्ट निजामती पुरस्कार प्रदान गर्न सकिएको छैन त ? भन्दा सिंहदरबार बस्ने कर्मचारी त्यो पनि उप सचिव भन्दा माथिकाले मात्रै त्यो पुरस्कार राख्नु पर्छ भन्ने धारणा रह्यो । अझ सिंहदरवार भन्दा बाहिर जान नदिने रणनीतिले सिंहदरबार भित्र त्यो पुरस्कार दिन लायक कोही नभएकोले केही वर्षदेखि त्यो पुरस्कार दिन सकेका छैनन्। सिंहदरबार भित्रकाले त्यो तराइको गर्मी अनि हिमालको जाडो खाएर देशको सेवामा समर्पित राष्ट्रसेवकलाई कहिल्यै दिने ठुलो छाती पारेनन् र पार्न सक्ने चेष्टा समेत गरेनन् ।

अहिलेसम्म निजामती पुरस्कार पाएका कर्मचारीहरूको नालीबेली हेर्ने हो भने थोरै जना बाहेक बाँकी सबै कुनै न कुनै उच्च पदस्थ अधिकारी सङ्गको सङ्गत गरेकाबाहेक अरू देखिँदैनन् । यसको मतलब सबै एकै किसिमको हुनुपर्छ पनि भनेको छैन । कतिपय त पाउनै पर्ने कर्मचारी पनि हुनुहुन्छ उहाँहरूलाई मेरो उच्च सम्मान छ । तर जो चाकडी झोले र पावर को आधारमा पुरस्कार थापेर आफूलाई उत्कृष्ट कर्मचारी सम्झनुहुन्छ उहाँहरूलाई पुरस्कारको गरिमा घटाएको अपराधी जस्तै सम्झन बाध्य छु। सिंहदरबारको पर्खाल भित्र बस्ने, पाटिका नेताको पुच्छर बन्ने, हजुर दाइ हस् भइहाल्छ नि भन्दै यता उता कुद्ने, सरकारले तोकेको काम भन्दा पनि आफ्नो अनुकूल काम गर्ने, ट्रेड युनियनको खोल ओडेका त्यो पनि अझ उच्च पदस्थ अधिकारी वरिपरि घुमिरहेका अझ कम्तीमा अधिकृत भन्दा माथिका कर्मचारीलाई मात्रै उत्कृष्ट देख्ने नजर परिवर्तन नहुँदासम्म निजामती पुरस्कारको उच्च सम्मान हुन्छ जस्तो मलाई लाग्दैन ।

नेपालमा भएका परिवर्तन नाम मात्रैका परिवर्तन भए हरेक कुरा नारामा मात्रै सीमित भए त्यसैले जो आसेपासे भए तिनैले निजामती पुरस्कार पाए । प्रशासन सुधारका कुरा गर्ने तर तिनैले आफ्नो वरिपरिकालाई मात्रै उत्कृष्ट देख्ने । यो कस्तो अचम्मको दृष्टि । किन कहिल्यै मुगुको पाले दाइ उत्कृष्ट कर्मचारी भएन ? किन कहिल्यै थबाङबाट जलजला लेक काटेर लिबाङ डाँक बोक्ने हुलाकी दाइ उत्कृष्ट कर्मचारी भएन ? किन जहिलै कालिकोटको कृषकको बारीमा गएर भोकै हिँड्ने कृषि प्राविधिक उत्कृष्ट कर्मचारी भएन ? यसको एउटा मात्र उत्तर हो बिचरो उसले कोही नेता चिनेको छैन । सिंहदरबार बस्ने ठुलै कर्मचारी चिनेको छैन । उसले केवल आफ्नो काम चिनेको छ । बस काम चिनेको छ ।

अब निजामती प्रशासनमा यस्तो आँधी आउनु पर्छ । या आँधी नआए ल्याउनु पर्छ । जसले सबै फोहोर र फोहोरीलाई उडाउन सकोस् कहिल्यै नफर्कने गरी । ताकी अछामको कार्यालय सहयोगीले उत्कृष्ट कर्मचारी हुँ भनेर तक्मा थाप्न सकोस् । आफै सिफारिस आफै मनोनयन र आफै पुरस्कार ग्रहण यस्तो सिस्टमको अन्त्य होस् ।

अन्तमा सिंहदरबार भन्दा बाहिर पनि कर्मचारी छन् र उनीहरूलाई पनि नेपाल सरकारले नै पठाएको हो, भन्ने ज्ञान सम्बन्धित सबैलाई जानकारी होस् भन्दै सम्पूर्ण कर्तव्यनिष्ठ निजामती कर्मचारीहरूलाई निजामती सेवा दिवसको हार्दिक शुभकामना ।

प्रतिक्रिया दिनुहोस