८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्व स्वास्थ्य संगठनले लेबनानमा थप स्वास्थ्य सहायता सामग्री पठायो

अ+ अ-

जेनेभा । विश्व स्वास्थ्य संगठनले बेरुतमा थप स्वास्थ्य सहायतासम्बन्धी सामग्री पठाइएको जनाएको छ । सो संगठनले लेबनानमा १७ लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री पठाइने घोषणा यसअघि नै गरेको थियो । यसअघि पनि अगष्ट महिनाको पहिलो हप्तातिर पहिलो पटक सामग्री पठाएको थियो ।

लेबनानले निकै ठूलो समस्याको सामना गरिरहेकोले मानवीय सहायता स्वरुप त्यहाँ ती स्वास्थ्य सामग्री पठाइदिएको जनाइएको छ । लेबनानको राजधानी बेरुतमा केही समय अघि भएको शक्तिशाली विस्फोटमा परी कैयौँको ज्यान गएको थियो । त्यसैगरी सो विस्फोटले देशमा ठूलो जनधनको क्षति हुन पुगेको थियो ।

लेबनानका नागरिकले यहाँको सरकार र प्रधानमन्त्रीका विरुद्धमा प्रदर्शन शुरु गरेका र यसबाट राजनीतिक संकट आउने भन्दै विश्व स्वासथ्य संगठनले कोभिड १९ को रोकथाम र नियन्त्रणमा सहयोग पुग्नेगरी ती सामग्री पठाएको थियो ।

सोही कारण सो संगठनले यो सहयोगको घोषणा गरेको हो । बेइरुतस्थित बन्दरगाहमा असुरक्षित अवस्थामा राखिएको एमोनियम नाइट्रेटका विस्फोट हुँदा त्यहाँ दुर्घटना भएको थियो । लेबनानमा एकातर्फ विस्फोटका कारण ठूलो जनधनको क्षति भएको थियो भने अर्कातर्फ यहाँका नागरिकले सरकारका विरुद्धमा आन्दोलन शुरु गरेकोले अवस्था निकै अप्ठेरो भएकोले लेबनानलाई कोभिड १९ विरुद्ध लड्नका लागि सहयोगस्वरुप ती सामग्री पठाइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले लेबनानमा पुगेर यहाँका नागरिकको कोभिड १९ बाट हुने संक्रमणको जोखिम कम गर्नका लागि पनि सहयोग गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस