१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना कहर : सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको रौनक हरायो

अ+ अ-

डडेल्धुरा । सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा पर्व आजदेखि सुरु भएको छ । तर यो वर्ष गाउँघरमा रौनक छाएको छैन । गौरा सुदूर पश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो। यहाँका नागरिकले दशैँ भन्दा पनि धेरै मान्ने पर्व हो ।

यो वर्ष भने कोरोना भाइरसका कारण सामूहिक रुपमा चाडपर्व नमाउन सरकारले आग्रह गरिसकेकाले यो वर्ष गौराको रौनक त्यति छैन ।

पारिवारिक मिलन, सामाजिक सद्भाव र एकअर्कासँग भेटभाट गर्ने पर्वको रुपमा गौरा मनाइने भए पनि कोरोना कहरले यो वर्ष गौराको उत्साह नभएको नवदुर्गा गाँउपालिकाकी सिता भट्टले बताइन् । ‘गौरा आउनुभन्दा अघि नै घर बाहिर रहेकाहरु र बसाईसरेर तराई गएकाहरु समेत पुर्ख्यौली थलोमा फर्कने गर्दथे तर यो वर्ष गाउँमा गौराको कुनै रौनक छैन।’ उनले भनिन् ।

महिलाहरुले सामूहिक रुपमा भगवान महेश्वर र गौरीको पूजाआजा गर्ने भए पनि यो वर्ष कोरोनाका कारण घरमै गौरा मनाउने तयारी भएको अमरगढी नगरपालिका–५ की सन्जु भट्टले बताइन् । ‘कोरोना महामारी फैलिरहेकाले स्वास्थ्य सुरक्षाका लागि घरमै गौरा मनाउने निधोमा पुगेका छौँ।’ उनले भनिन्।

यस्तै गौराको समयमा हुने विभिन्न गाथामा आधारित खेलहरु पनि नहुने भएका छन् । स्थानीय प्रशासनले सामूहिक रुपमा भेला हुन रोक लगाएकाले यो वर्ष गौराका खेलहरु पनि नहुने परशुराम नगरपालिका–४ की यशोदा जोशीले बताइन्। ‘स्वास्थ्यको हिसाबले एकैठाउँमा जम्मा हुनु खतरा रहेकाले यो वर्ष सामान्य सांस्कृतिक हिसाबले मात्रै गौरा मनाउनु पर्नेछ।’ उनले भनिन्।

गौरा पर्व नजिक आउँदा गाउँमा हुने चहलपहल नभएको अजयमेरुकी कलावती भट्टले बताइन्। यो वर्ष गाउँघर सुनसान रहेको उनले बताइन् । धेरै मानिस एकै ठाउँमा भेला हुँदा कोरोनाको जोखिम बढ्ने भएकाले यो वर्ष सामूहिक रुपमा गौरा नमाइने भागेस्वर–५ की दिपा बिष्टले बताइन्।

प्रतिक्रिया दिनुहोस