काठमाडौं । अमेरिकामा कोरोना भाइरसको रोकथामका लागि प्लाज्मा थेरापी उपचार विधिलाई अनुमति दिइएको छ । अमेरिकाको खाद्य तथा औषधि प्रशासनसम्बन्धी नियामक निकाय एफडिएले कोरोना भाइरसबाट निको भएकाहरूको रगतको प्लाज्मा तत्व अन्य बिरामीका लागि प्रयोग गर्न आकस्मिक अनुमति दिएको छ।
प्लाज्मा थेरापी भनेको रोग निको भएका व्यक्तिको रगतको प्लाज्मामा भाइरसविरुद्ध बनेका एन्टीबडीलाई अरु बिरामीको एन्टीबडी बढाउन प्रयोग गरिने विधि हो । उक्त विधि हाललसम्म हजारौं मानिसमा प्रयोग गरिसकिएको र यसको प्रयोग परीक्षण सफल भएको छ ।
राष्ट्रपति ट्रम्पले ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलन मार्फर्त फडिले प्लाज्मा थेरापीको प्रयोगलाई अनुमति दिएको जानकारी दिएका हुन् ।
उक्त विधिको प्रयोगले कोरोना भाइरसले हुने मृतयुदरलाई न्यून गर्न मदत गर्छ ।
राष्ट्रपति ट्रम्पले कोरोना भाइरस संक्रमण निको भएकाहरुलाई प्लाज्मा दान गर्न पनि अपिल गरेका छन् ।
एफडिएले प्लाज्मा थेरापी विधि सुरक्षित भएको बताएपनि बैज्ञानिकहरुले यसलाई ठूलै उपलब्धि मानिहल्न हतारो नगर्नुपर्ने बताएका छन् । यसको थप क्लिनिकल परीक्षण हुनुपर्ने बैज्ञानिकहरुको भनाइ छ ।
अमेरिकामा हालसम्म् ७० हजार बिरामीमा प्लाज्मा थेरापीको प्रयोग भएको बताइएको छ ।