१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिरो पीडितको पुनःस्थापनाका लागि प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री पौडेल

अ+ अ-

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सिन्धुपाल्चोकका पहिरो पीडितहरुको पुनःस्थापनाका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको संयोजनमा सिंहदरबारमा आयोजित विपद् व्यवस्थापनका लागि सरोकारवालाहरुबीच भएको छलफल कार्यक्रममा मुख्यमन्त्री पौडेलले सो धारणा राखेको मुख्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ । कार्यक्रममा मुख्यमन्त्री पौडेलले पहिरोग्रस्त सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा आफू पुगेको र त्यस क्षेत्रको स्थिति अत्यन्तै दयनीय रहेको बताएका थिए ।

पौडेलले लिदीको जमिन सबैतिर धुजाधुजा भएर फाटेको र चर्केकाले पाल टाँग्ने समेत ठाउँको अभाव रहेको बताएका थिए ।

उनले त्यहाँको बस्ती स्थानान्तरणको विकल्प नरहेको भन्दै यसका लागि प्रदेश सरकारसँगै संघीय र स्थानीय सरकारको पनि समन्वय र सहकार्य जरुरी रहेको स्पष्ट पारेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए।

मुख्यमन्त्री पौडेलले वस्ती स्थानान्तरण गर्दा रोजगारीको समेत व्यवस्था हुने गरी गरिनुपर्नेतर्फ ध्यान दिनु जरुरी रहेको बताएका थिए । सिन्धुपाल्चोक जिल्लामा तीनै तहबाट जाने बजेटमा वस्ती स्थानान्तरणका लागि निश्चित बजेट विनियोजन गरेर कार्यान्वयनमा लैजानु पर्ने पौडेलको भनाइ थियो । छलफलमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ, प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, संघीय सरकारका पूर्वमन्त्री शेरबहादुर तामाङलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस