९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामान्य सचिवलाई गाउँपालिका अध्यक्षको पत्र : प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन सकिँदैन

अ+ अ-

काठमाडौँ । आफूसँगको समन्वय र सहकार्यविना प्रमुख प्रशासकीय अधिकृत पठाएको भन्दै डोटीको एक गाउँपालिकाका अध्यक्षले संघीय मामिला तथा सामान्य प्रशासन सचिवलाई मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृत हाजिर गराउन नसकिने पत्र पठाएका छन् ।

डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले मन्त्रालयका सचिव सूर्य गौतमलाई पत्र लेख्दै मन्त्रालयले खटाएका कर्मचारीलाई हाजिर गराउन नसक्ने भनेका हुन् ।

गाउँपालिकामा सातौँ तहका शिक्षाका शाखा अधिकृतबाट कार्यालय सञ्चालन भइरहेको अवस्थामा गाउँपालिका अध्यक्षसँगको समन्वयबिना खटाएको भन्दै असन्तुष्टि जनाएका अध्यक्ष ओझाले प्रमुख प्रशासकीय अधिकृतको शारीरिक अशक्ततालाईसमेत कारण देखाउँदै हाजिर नगराएका हुन् । उनले विभिन्न ४ वटा विकल्पसहित ती अधिकृतको सरुवा संशोधन गर्नसमेत भनेका छन् ।

मन्त्रालयले गत साउन २५ गते डडेलधुराको आलिताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र सिंह ठगुन्नालाई जोरायल गाउँपालिकामा कामकाज गर्न खटाएको थियो ।

‘डोटी जिल्ला कोभिड-१९ सङ्क्रमणको उच्च जोखिममा रहेको हुँदा सङ्क्रमण रोकथाम नियन्त्रण र व्यवस्था गर्न अहोरात्र खटिनुपर्ने अवस्था रहेको हुँदा खटाइएको प्रमुख प्रशासकीय अधिकृतबाट शारीरिक अशक्तताका कारणले प्रभावकारी व्यवस्थापन हुन नसक्ने भएकोले त्यहाँ मन्त्रालयबाट खटाइएको प्रमुख प्रशासकीय अधिकृतलाई हाजिरी गराउन नसकिने ब्यहोरा जानकारी गराइन्छ’ अध्यक्ष ओझाले भनेका छन् ‘निजले माग गरेको तपसिल बमोजिमका कार्यालयहरूमा प्राथमिकताका आधारमा सरुवा संशोधन गरिदिन हुन अनुरोध छ ।’

अध्यक्ष ओझाले आफूसँग समन्वय नगरी कर्मचारी पठाएको र छिमेकी स्थानीय तहमा नासुबाटै कार्यालय सञ्चालन भएको जनाउँदै आफ्नो सातौँ तहको शिक्षा अधिकृत हुँदाहुँदै केन्द्रबाट प्रमुख प्रशासकीय अधिकृत खटाएको भन्दै असन्तुष्टि जनाएका छन् ।

जोरायल गाउँपालिका डोटीमा कामकाज गर्न खटाइएका प्रमुख प्रशासकीय अधिकृत ठगुन्ना गाउँपालिकाका अध्यक्षसँगको समन्वयबिना खटाइएको तथा अन्य छिमेकी स्थानीय तहमा नायव सुब्बा स्तरका कर्मचारीबाटै कार्यालय सञ्चालन भइरहेको कुरा अवगत गराउँछु अध्यक्ष ओझाले पत्रमा लेखेका छन् गाउँपालिकामा सातौँ तहका प्रमुख प्रशासकीय अधिकृत (शिक्षा अधिकृत) बाट कार्यालय सञ्चालन भइरहेको भएता पनि त्यहाँ मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृत पठाउँदा प्रक्रिया सङ्गत कर्मचारी खटन पठन नगरिएको हुँदा असन्तुष्टि व्यक्त गर्न चाहन्छु ।

साथै अध्यक्ष ओझाले ती कर्मचारीलाई हाजिर नगराउनुको कारणमा फरक क्षमता पनि जनाएका छन् । निज कर्मचारी शारीरिक रूपमा अपाङ्ग रहेको तथा यस गाउँपालिकाको भौगोलिक विकटताका कारण कामकाजमा व्यवधान पर्ने देखिने भएको हुँदा निज कर्मचारीलाई माग गरेको कार्यालयमा सरुवा संशोधन गरिदिन हुन अनुरोध छ ।

प्रमुख प्रशासकीय अधिकृत पठाउँदा यस गाउँपालिका अध्यक्षसँगको समन्वय र सहकार्यमा पठाउनसमेत अध्यक्ष ओझाले भनेका छन् ।

अध्यक्ष ओझाले संघीय सरकारले पठाएका कर्मचारीलाई हाजिर गराउन नसकिने भन्दै उल्टै अन्तै सरुवा गर्न पठाएको पत्र यति बेला कर्मचारी वृत्तमा चर्चाको विषय बनेको छ ।

प्रमुख प्रशासकीय अधिकृत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाउने कानुनी व्यवस्थालाई अध्यक्ष ओझाले चुनौती दिँदै आफू अनुकूलका कर्मचारीबाट नै काम खोजेको भनिँदै छ भने अर्कोतर्फ अपाङ्ग भएकोले काम गर्न सक्दैनन् भनेर फरक क्षमता भएका वर्गलाई अपमान गर्न खोजिएको आक्षेप उनीमाथि छ ।

गाउँपालिका अध्यक्षले मन्त्रालयका सचिवलाई लेखेको पत्र

मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत ठगुन्नालाई दिएको पत्र

प्रतिक्रिया दिनुहोस