१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मातृत्वको वैभवशाली यथार्थता !

जब म आमा बने

अ+ अ-

रातिको ४ बज्नै लागेको थियो । यसो हेरे उनी आफ्नो ठाउँमा सुतिरहेकी थिइन् । बिस्तारै पुरै आँखा खोल्दा भोक लागेछ, आफ्नो बुढिऔँला चुस्दै थिइन् उनी । जुरुक्क उठ्न खोज्दै थिए, फेरि निदाएछु । यतिकैमा बिहानको ४ बजेर ४८ मिनेट भइसकेछ । हिजो रातभरि राम्रोसँग सुत्न पनि पाइएको थिएन । प्रायः जसो राती उनकै हेरचाहमा बित्ने गर्छ । जब रातीको ३/४ बज्छ अनि उनी सुत्छिन् र मलाई पनि मिठो निद्रा आउँछ ।

तर त्यो निन्द्रालाई त नचाहेरै पनि भगाउनु पर्ने हुन्छ । बिहानै अफिस जानुपर्छ । एकातिर उनलाई भोक लागेको हुन्छ, अर्कोतिर अफिस ढिला भइसकेको हुन्छ । रेडियोमा काम गर्ने मान्छेले न त एक छिनपछि जान्छु भन्न मिल्ने ! समय आफ्नै रफ्तारमा हिँडिरहेको हुन्छ । न त समयलाई रोक्न मिल्ने ! समय अनुसार आफूलाई चलाउन सक्नैपर्छ । ब्रह्म मुर्हतमै ओछ्याउनबाट जुरुक्क उठेर बाथरुमतिर हानिन्छु । नित्यकर्म भ्याएर हतार–हतार रेडियोतिर दौडिन्छु । रेडियाको प्रातकालिन डिउटी प्रायः हरेक दिन मैले निभाउनु पर्छ । अचेल बिहानको ४ बजेर ५७ मिनेटमा रेडियो खुल्छ । रेडियोको डिउटी सकेर फेरी कोठा फिर्ता हुन्छु ।

अनि त्यतिबेला पनि उनी मस्त सुतेकै हुन्छिन् । हत्तपत्त उनलाई बिउँझाउँछु । निद्रामा व्यवधान गरेपछि बल्लतल्ल उनी बिउझन्छिन । सायद मस्त निद्रा खलबल्याएकोमा उनी म प्रति आक्रोशमा हुन्छिन् होला, अपितु उनी मेरो मुखमा हेरेर निर्दोष हाँसो हाँसिरहेकी हुन्छिन् । साँच्चै भनूँ भने त्यही हाँसोमा म हराउँछु । त्यो हाँसोले मलाई जिन्दगीमा ठुलो खुसी दिन्छ । त्यँहि खुसी पाउनका लागि हो मैले मस्त निदाएकी उनको निद्रामा दखल पुगाउने । बिहानीको मस्त निद्रा बिथोले पनि उनी मुस्कुराउँदा मलाई असीम आनन्द प्राप्त हुन्छ । सोच्छु, अब म पनि आमाको परिबन्द भित्र रमाउदैछु ।

मेरो पहिलेको र अहिलेको दैनिकी फेरिएको छ । धेरै सुत्ने मान्छे बेलुकी ८ बजे सुतेपछि सिधै बिहान हतारमा उठेर मुख पनि नधोएर अफिस दगुर्ने दैनिकी रातभरि उनकै हेरचाह र मायामा बाँधिएर पनि पहिलेको भन्दा राम्रो चलेको छ । रातभर आफ्नो सन्तानको सेवा र ममतामा समर्पित यी आँखा दिउसो भने आराम खोज्छन्, तर बिहान ४ः४५ देखि दगुर्ने दैनिकी दिनभरि यताउता गर्दा र उनकै माया र आफ्नो नियमित काममा चल्छ । कामकाजी हुनुको अनुभव त मैले जिम्मेवार भएदेखि सम्हाल्दै आएकी हुँ । आमा भएको नवीन अनुभव हो यो ।

पहिलाको भन्दा फरक चल्दै छ मेरो दैनिकी र खुसी पनि छ यसमा । दैनिकी जति व्यस्त भए पनि मनभरी उनकै माया र हेरचाहमा आफूलाई समर्पित गर्न पाउँदा उल्लासमय दैनिकी व्यतीत गरिरहेकी छु । एक दिन लुगा धुँदै गर्दा मलाई एक जना भाउजू पर्नेले सोध्नुभयो, ‘तिमीलाई यसरी दिशा हातले छुँदा, धुँदा घिन लाग्दैन ?’ मैले हाँस्दै भने अहँ पटक्कै लाग्दैन ।

यही प्रसङ्गले मलाई आफ्नो विगतका घटनाक्रम याद आयो । एक पटक दाइको छोराले दिशा गरेको रहेछ, उसलाई बोक्दा मेरो हातभरि लाग्यो । मलाई दिशा यति गन्हायो की मैले उल्टी नै गरे । भन्नाले मलाई धेरै घीन लाग्यो । अनि एक दिन यात्रा गर्दै गर्दा दुई/तीन जना आमाहरू आफ्नो साना नानीबाबु लिएर हिन्दै थिए । एक जना महिलाको बच्चाले बान्ता गरिहाल्यो अनि उनले हात थापिन् । यस्तो दृश्य देख्दा मलाइ निकै अनौठो लाग्यो । छाद जस्तो कुरा कसरी हातमा थापेको होला भनेर मनमनै सोच्दै थिए । तर मैले त्यो ममतालाई कहाँ बुझेकी थिए र ? बच्चाले छाँदे, पादे, जे गरे पनि घीन लागि हाल्थ्यो । तर समय ठ्याक्कै उल्टो भयो ।

विवाहपछि आमा हुने सौभाग्य मैले पनि पाए । पेटमा बच्चा हुँदा अनौठो लाग्थ्यो । अनि घरीघरी लात्ताले हान्दा त झन् म झसङ्ग हुन्थे । कहिलेकाहीँ उसले खुट्टाले नहान्दा मलाई टेन्सन हुन्थ्यो । निकै पानी खान्थे । अनि उसको कार्य निरन्तर नै चल्थ्यो । एक दिनभरिको कठोर प्रसव वेदनापछि जब बच्चाले रोएको मेरो कानमा गुन्जियो तब मेरो त्यो दुखाइ र भोगाइ एक क्षणमै हरायो । र संसारको सारा खुसी म सँगै छ, मलाइ महसुस भयो । मातृत्वको असीम आनन्दका अगाडी प्रसव वेदना निकै क्षणिक हो जस्तो अनुभूति मैले पहिलो पटक आमा बन्दा गरे । सृष्टिकर्ता नारीले शिशु जन्माएको अवसर दुनियाँमा सबैभन्दा महान् क्षण हो भनेर विद्वानहरूले भनेको त्यत्तिकै रहेनछन् ।

जतिखेर मैले उनलाई यो धर्तीमा पाइला टेकाउनका लागी निकै सङ्घर्ष गर्नु परेको थियो, अझ भनूँ निरन्तर काममा खटिने कामकाजी जिम्मेवारीसँगै आमा बन्ने गहन कर्तव्य निर्वाह गरिरहेकी थिए, तब मैले एक पटक पनि बच्चालाई सम्झिएन । मात्र मेरो शारीरिक दुखाई तिर ध्यान केन्द्रित हुने गर्दथ्यो । बच्चाले रोएको मात्रै सुनाएर उनको बाबाको हातमा दिएछ । मलाई बेडमा सारेपछि बल्ल मैले बच्चालाई देखे, अनि मात्र मैले उनको अनुहार चिहाएर राम्ररी हेरे । उनलाई पहिलो पटक धर्तीमा स्वागत गर्दै काखमा समातेर दूध खुवाउन थाले । अनि म भित्रबाट कता–कता आफू पनि आमा भएको अनुभूति हुन थाल्यो । मेरो समूल मातृत्व पग्लिएर पोखिन थाल्यो ।

दिनहरू बित्दै छन् । उनले दिनभरि नै आँची गरिरहन्छिन् । म उनको आँची पुछिरहन्छु । कतै चिसो पो लागिहाल्छ की ? भनेर छिन–छिनमा टालो फेरी रहन्छु । बच्चाको दिशा र पिसाव गरेको लुगा फेर्दाफेर्दै दिनरात बित्न थालेका छन्, आजभोलि । मलाई आफ्नो बच्चाको दिशा किन हो पटक्कै घिन लाग्दैन । कसरी यो भयो मलाई अचम्म लाग्छ । अरूको बच्चा र आफ्नो बच्चाको दिशा त दिशा नै हो नि ! तर अरूको घिन लाग्ने आफ्नो नलाग्ने कस्तो अनौठो अनुभूति हो यो ? उनको जिउमा लगाएको तेल अरूलाई सुत्केरी गन्हाउँछ रे ! तर मलाई त वासना आउँछ ।

वास्तवमै यो एउटा अचम्मको सम्बन्ध र अनुभूति रहेछ । पहिलो पटक आमा हुनेहरूका लागि यो बिलकुल नयाँ अनुभव हो । लिङ्ग विभेदको व्यवहार म आफू छोरी हुँदा भोगेकाले म छोरीको भावनाप्रति बढी संवेदनशील थिएँ । दाजुभाइको माझमा हुर्केकाले मलाई समाजमा रहेको छोराप्रतिको अनुराग बुझ्न नारीवादका ठेली पढ्नुपर्ने आवश्यकता थिएन । अपेक्षाकृत खुकुलो पारिवारिक ‘स्पेस’मा हुर्केको अनुभव रहे पनि वयस्क हुँदा जब मैले आफ्नो खुम्चिँदै गरेको ‘स्पेस’का लागि आवाज उठाएँ, लाग्यो घरभित्रको विभेद निराकरण गर्न सकियो भने घरबाहिरको संसारमा स्वतन्त्र उडान भर्न सजिलो हुन्छ ।

मलाई लाग्छ, हाम्रो समाजका बहुसङ्ख्यक महिलामा रहेको पुत्रलालसा प्राकृतिक नभएर लिङ्ग उपासनाबाट निर्मित सोचको परिणाम हो । किनकि जहाँ महिलाको आकंक्षा अमान्य हुन्छ, त्यहाँ आमा हुने वा नहुने रोजाइ महिलाको हुँदैन । र पितृसत्तात्मक व्यवस्थामा मातृत्व अनुभवभन्दा पनि छोरा जन्माउने संस्थाका रूपमा स्थापित भएको हुनाले छोराको जन्मको उत्सव हुन्छ । छोरा जन्मिँदा मातृत्व सार्थक मानिन्छ । झन्डै एक दशकको मेरो पत्रकारिता अनुभवले भन्छ–जबसम्म राज्यव्यवस्थामा महिलाका मुद्दाले प्राथमिकतामा पाउँदैनन्, महिलालाई समान दर्जाको नागरिक मानिँदैन, भयमुक्त र हिंसामुक्त वातावरण बनाउन पहल हुँदैन, राजनीतिमा सम्मानपूर्ण सहभागिता हुँदैन, तबसम्म छोरीको जन्मलाई, ‘हारेको कर्म’ भन्नेहरूको मानसिकता परिवर्तन हुँदैन ।

छोरीको जन्मले घरमा जति उत्साह र उमङ्ग भित्रिएको थियो, छोरी र मलाई भेट्न आउने केही आफन्तका सान्त्वनाका शब्द त्यति नै मुटु कोपर्ने खालका थिए । ‘यसपालि घरमा लक्ष्मी आइन् । पिर नगर्नु, अर्को पाली छोरा नै हुन्छ ।’ उसो त मैले बच्चा पाउनु अघि नै ‘छोरा पाउछेस’ भनेर अनुमान गर्नेहरू पनि थिए । कतिपयले तैँले छोरा पाउछेस भनेर अड्कलबाजी सुनाउँदा झनक्क रिस उठ्थ्यो मलाई । तर उनीहरूको कुराको ठाडै विरोध गरिन् । म मनमनै सोच्थे, पहिलो पटक आमा बन्नुपर्दा मैले छोरी पाउन पाए हुन्थ्यो । मलाई छोरीकै आमा हुनुमा गर्व छ । म पहिलो पटक छोरीकी आमा बन्न पाउँदा हर्ष विभोर छु । मेरो घर परिवारका सबैमा मैले छोरीकी आमा बन्दा पनि खुसी र उमंगनै देखेकी छु ।

जीवनको आरम्भ जन्मबाट हुन्छ । जन्म कुनै यन्त्रबाट हुँदैन । शरीरमा प्राण भर्ने शक्ति आमामा मात्र हुन्छ । आफ्नो प्राण आहुति दिएर आमा सन्तानको जीवन जोगाउँछिन् । सन्तानलाई चरित्रवान्, गुणवान् तथा नैतिक बनाउन सर्वाधिक योगदान आमाको हुन्छ । आमाको त्याग, तपस्या तथा मायाको तुलनामा पृथ्वीमा अर्को उदाहरण पाइन्न । संसारका हरेक आमाहरूलाई सायद यस्तै लाग्छ होला आफ्ना सन्तानप्रति । जस्तोसुकै तनाव भए पनि बच्चाको मुहारमा झल्केको त्यो बालापन र उसको हाँसो देखेपछि मन प्रफुल्लित हुँदो रहेछ । म छोरीको मुहारमा सदैव हाँसो र उमङ्ग देख्न चाहन्छु । छोरीलाई सक्दो शुखदिने प्रयत्नशील रहिरहनेछु ।

मेरी सानी छोरीले भर्खरै हाँस्न सुरु गरेकी छिन् । यो त झन् कस्तो रमाइलो कुरा । अनि म सम्झन्छु मेरी आमालाई । मैले मेरो बच्चालाई जस्तो माया गर्छु, उनी बिरामी हुँदा जसरी रातभर अनिदो हुन्छु, मेरी आमालाई पनि मैले यस्तै दुःख दिएकी हुन सक्छु मैले । मेरी आमाले अहिलेसम्म मलाई यो वास्तविकता भन्नुभएको थिएन । यही त मातृत्वको सबैभन्दा वैभवशाली यथार्थता हो । आज म आफै जब आमा बने अनि बुझ्दै छु आमाको गरिमा, ममता र त्याग । मातृत्वको यो मेरो पहिलो अनुभवले मलाई जीवन बोध हुन थालेको छ । जीवनको सार्थकता खोज्न थालेकी छु मैले । जीवनलाई बुझ्ने गहिरो अनुभव मलाई मातृत्वले प्रदान गर्न थालेको छ ।

मेरी छोरी ४५ दिनको हुँदा उनलाई खोप लगाउन खोप केन्द्र पुगाए । पहिलो पटक खोप लगाउँदा उनको रुवाई सहन नसकेर मैले आँसु खसाले । उनलाई लगाएको खोपले मलाई चसक्क दुख्यो । उनले एक दिन खाना कम खाँदा मन भक्कानिन्छ । उनलाई सानो बिरामी हुँदा आफै बिरामी भएको महसुस हुन्छ मलाई । आखिर नहोस् पनि कसरी ? जब उनी नै मेरो बाँच्ने सहारा बनिरहेकी छन् अहिले । त्यसैले आमा शब्द नै महान् छ । संसारका आमाहरू प्रति मेरो नमन ।

प्रतिक्रिया दिनुहोस