८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संस्कृत अनिवार्य पठनपाठनको व्यवस्था गर्न माग

अ+ अ-

काठमाडौँ । प्रदेश नं २ मा बढी बोलिने मैथिली र भोजपुरी भाषाको समेत जननी संस्कृत भाषाको अनिवार्य पठनपाठनको व्यवस्था गरिनुपर्नेमा जोड दिइएको छ ।

जयतु संस्कृतम्ले आज जुम प्रविधिबाट आयोजना गरेको प्रदेश नं २ स्तरीय संस्कृत लोकभाषा अभियान एवं साधारण विद्यालयमा संस्कृतको प्रयोग सान्दर्भिकता विषयक अन्तरसंवाद कार्यक्रममा पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरीले जर्मनले लुप्त थान्सा दुईवटा संस्कृत भाषाका शब्द प्रयोग गरेर लुफ्थान्सा, रेललाई वाहन भनी संस्कृत शब्दको प्रयोग गर्ने गरेको बताए ।

नेपालमा पठनपाठन नै बन्द हुन थालेकाले यसप्रतिको चासो घटेको पूर्वमन्त्री चौधरीको भनाइ थियो । नेपालमा भने संस्कृत भाषालाई हलुङ्गोरूपमा लिइएको उल्लेख गर्नुहुँदै उहाँले यसलाई ब्राह्मण समाजको भाषाका रुपमामात्र लिइनु नहुने बताए । भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले बहुभाषिकताको जग प्रदेश नं २ मा भएकाले त्यसको सम्बन्ध संस्कृत भाषासँग जोडिने बताए । संस्कृत भाषालाई सर्वग्राह्य भाषाका रूपमा स्थापित गरी यसको ज्ञानको अधिकारबाट कसैलाई पनि बञ्चित गरिनु नहुने उनको भनाइ थियो ।

“संस्कृत ज्ञान हो, यसप्रति सबैलाई सर्वस्वीकार्य गर्न अन्तरभाषा संवादका रुपमा अघि बढाइनुपर्छ, संस्कृति, संस्कारको पुनःजागरणका लागि पनि संस्कृतलाई सर्वस्वीकार्य बनाइनुपर्छ, नेपालमा बहुभाषिकताको जगका आधारमा संस्कृतलाई अघि बढाउनुपर्छ”, अध्यक्ष अवस्थीले भने ।

विगतमा संस्कृत लौकिक भाषाका रूपमा रहे पनि महत्वका आधारमा अझै जीवन्तरूपमा अघि बढाइनुपर्ने उनको भनाइ थियो । संस्कृत, पाली र भोट भाषालाई आयोगले विशेषरूपमा अघि बढाउन लागेको जानकारी पनि अध्यक्ष अवस्थीले दिए ।

पूर्वसचिव जनार्दन नेपालले साधारण माध्यमिक विद्यालयमा संस्कृत भाषा अनिवार्य गर्न आवश्यक रहेको उल्लेख गर्नुहुँदै बाल्यावस्थादेखि नै संस्कारयुक्त नागरिक निर्माण एवं चरित्र बनाउन पनि यसको अनिवार्य गर्नुपर्ने उनको भनाइ थियो । प्राचीनकालदेखि संस्कृत लोकभाषाका रुपमा प्रयोग भएको विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुँदै प्रा डा माधवप्रसाद पोखरेलले प्रदेश नं २ को नामाकरण वैदेह भनी गर्न सकिने बताए । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले पाँच हजार वर्षअघि ५४ पुराण संस्कृत भाषामा लेखिनुले नै यो लोकभाषा रहेको तथ्य पुष्टि गर्ने बताए ।

जयतु संस्कृतम्का अध्यक्ष डा बद्री पोखरेलले संस्कृत भाषामात्र नभई वाङ्मयसमेत भएकाले त्यसैअनुसार यसप्रति व्यवहार गरिनुपर्ने बताए । संस्थाले देशभर बोलिने १२३ भाषासँग समन्वय गरेर अघि बढ्ने नीति लिएको छ । जर्मनमा एक हजार ३०० विद्यालयमा संस्कृत भाषाको पढाइ हुने गरेको तथ्य अघि सार्नुहुँदै अध्यक्ष पोखरेलले अक्सफोर्ड, क्याम्ब्रिज र हार्वर्ड विश्वविद्यालयले संस्कृत विभागको स्थापना गरी पठनपाठन शुरु गरेको बताए ।

जयतु संस्कृतम् प्रदेश नं २ का संयोजक डा. गोविन्द चौधरीले संस्कृत भाषाको संरक्षण नभए विश्वका अन्य भाषा पनि नबच्ने भएकाले सचेत हुनुपर्नेमा जोड दिए । संस्कृत विश्वभाषा भएकाले यसप्रति पछिल्लो समय आकर्षण बढेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस