८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँचथर अस्पतालमा आइसियु र भेन्टिलेटर जडानका लागि दुई करोड बजेट

अ+ अ-

पाँचथर । फिदिमस्थित जिल्ला अस्पताल पाँचथरमा सघन उपचारकक्ष (आइसियु) र भेन्टिलेटर जडानका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रु दुई करोड बजेट विनियोजन गरेको छ । पाँचथरबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङको पहलमा अस्पतालमा १० शय्याको आइसियु तथा पाँच भेन्टिलेटर जडानका लागि बजेट विनियोजन भएको हो ।

पाँचथरसहित पूर्वी पहाडका ताप्लेजुङ, तेह्रथुम र इलाम जिल्लाका सेवाग्राही लाभान्वित हुने गरी अस्पतालको स्तरोन्नति र अत्याधुनिक सेवा विस्तार अत्यावश्यक रहेकाले सङ्घीय सरकारबाट उक्त बजेट विनियोजन गरिएको मन्त्री नेम्वाङले बताए। ‘कोभिड–१९ सङ्क्रमणको महामारीले हाम्रा सबै स्वास्थ्य संस्थालाई सबल बनाउने शिक्षा दिएको छ’, मन्त्री नेम्वाङले भने, ‘दुर्गमका बिरामीलाई टाढा पुर्याउनुपर्ने बाध्यता हटाउन उचित बजेटको प्रबन्ध गर्दै जान्छौँ ।’ मन्त्रालयबाट उक्त बजेट कार्यान्वयनका लागि अख्तियारी पठाइएको र कोभिड–१९ को महामारी लामो समय रहे सङ्क्रमितको उपचारमा सहयोग पुग्ने मन्त्री नेम्वाङले विश्वास व्यक्त गरे ।

जिल्ला समन्वय समिति पाँचथरका प्रमुख एवं जिल्ला अस्पताल सञ्चालक समितिका संयोजक विष्णुप्रसाद सापकोटाले उपलब्ध बजेटको शीघ्र कार्यान्वयनमा जोड दिइने बताए । ‘एक त हामी महामारीसँग जुधिरहेका छौँ, अर्को हामी दुर्गममा रहेकाले अत्याधुनिक सेवा लिन लामो यात्रा गर्नुपर्ने तथा ठूलो धनराशि खर्च गर्नुपर्ने बाध्यता छ’, सापकोटाले भने, ‘तीनै तहका सरकारको प्रयासले अस्पतालमा आधुनिक सेवा विस्तार गर्ने कार्यले पूर्णता पाउनेछ ।’

सङ्घीय संरचनानुसार प्रदेश सरकारले जिल्ला अस्पताल सञ्चालनको जिम्मेवारी पाएको छ । हाल २० श्ययाको अस्पताल ५० शय्या रूपान्तरित भइरहेको छ । सोअनुसार नयाँ भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ‘आइसियु र भेन्टिलेटर जडानका लागि बजेट प्राप्त भएपछि नयाँ भवन चाँडोभन्दा चाँडो निर्माण सम्पन्न गर्न जोड दिएका छौँ’, जिससका प्रमुख सापकोटाले भने, ‘कामदार तथा प्राविधिकलाई कोभिड–१९ सङ्क्रमणबाट जोगिँदै शीघ्र निर्माण सम्पन्न गर्ने तयारीमा छौँ ।’ शय्या विस्तारसँगै चिकित्सक तथा प्राविधिक जनशक्तिसमेत थपिने सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस