१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिया किसान आन्दोलित

अ+ अ-

मङ्गलबारे । चियाको उचित मूल्य नपाएको भन्दै इलामका किसान आन्दोलित भएका छन् । स्थानीय तहले तोकेको न्यूनतम मूल्यसमेत नपाएको भन्दै इलाम सूर्योदय नगरपालिकाका चिया किसान आन्दोलित भएका हुन् ।

सङ्घर्ष समिति नै बनाएर किसानहरू आन्दोलनमा उत्रिएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय पुगेका उनीहरुले यसअघि भएका सम्झौता कार्यान्वयन गरिदिन सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपानेलाई लिखित मागपत्र पेश गरेका छन् ।

यसअघि सूर्योदय नगरपालिकाले चिया उद्योगी र किसानसँगको छलफलपछि गएको वर्ष नै न्यूनतम प्रतिकिलो रु ४० मूल्य निर्धारण गरेको थियो । यद्यपि सो रकम घटाएर हाल रु २० देखि ३० मात्र उद्योगले उपलब्ध गराउने भनेकाले आफूहरु आन्दोलनमा उत्रिनुपरेको चिया किसान आन्दोलन समितिका संयोजक सोनाम छिरिङ काजी (ज्ञानी)ले बताए। एक किलो चिया उत्पादनमा किसानको रु ३७.५ खर्च हुने गरे पनि वर्षकै शुरुमा उत्पादन भएको चियाको मूल्य रु २० दिन खोजेकाले किसान मारमा परेको उनको भनाइ छ ।

किसानले चियाको उचित मूल्य नदिए आफ्नो हरियो चियापत्ती नै भए पनि फिर्ता गर्न माग गरेका छन् । अन्य किसानले ल्याएको र उद्योगी आफ्नै बगानको भए पनि हरियो चिया फिर्ता गर्नुपर्ने उनीहरुको माग छ । नभए उद्योगले प्रशोधन खर्च कटाएर तयारी चिया नै भए पनि फिर्ता दिनुपर्ने उनीहरुले माग राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस