१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सप्तरीमा हात्ती आतङ्क : पाँच घरमा तोडफोड

अ+ अ-

राजविराज । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीको समूहले सप्तरीको उत्तरी क्षेत्रमा गएराति पाँच वटा घरमा तोडफोड गरेर क्षति पुर्‍याएको छ ।

जिल्लाको कञ्चनरुप नगरपालिका–१० बदगामामा गए राति जङ्गली हात्तीको समूहले पाँच वटा घरमा तोडफोड गरेर क्षति पुर्‍याएको हो ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट नौ वटाको समूहमा आएको जङ्गली हात्तीले कञ्चनरुप नगरपालिका–१० बदगामामा पाँच वटा घरमा तोडफोड गरेको वडाध्यक्ष दिलीप चौधरीले जनाकारी दिए । सो हात्तीको समूहले स्थानीयवासी सम्झाना देवी यादवको एक, मनोज गुप्ताको एक, जयकृष्ण कुमार कुसियैतको दुई र सुदामा कुसियैतको एक वटा घरमा तोडफोड गरेको वडाध्यक्ष चौधरीले बताए ।

हात्तीले घरमा तोडफोड गर्र्दा घरभित्र रहेका चार ड्रम चामल, तीन ड्रम गहुँ र अन्य अन्नपात खानुका साथै घरको आँगनमा रहेको खानेपानी टु्यवबेलसमेत उखेलेर फालेको पीडित सञ्जय कुसियैतले जानकारी दिए । ती हात्तीलाई स्थानीयवासी र इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले धपाउन सफल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सो क्षेत्रमा दैनिक हात्ती आतङ्क बढेपछि स्थानीयवासी जाग्रामसमेत बस्न बाध्य रहेको सोही ठाउँका अञ्जनी यादवले गुनासो गरे । विगत छ महिनादेखि कोरोना सङ्क्रमण फैलिएर घरमै बस्नुपर्ने बाध्यता रहेको बेला जिल्लाको कञ्चनरुप नगरपालिका, सप्तकोशी नगरपालिका अग्निकृष्णसवरण गाउँपालिकाकालगायत करिब दुई दर्जनभन्दा बढी गाउँमा दैनिकजसो हात्ती पस्ने गरेको स्थानीयवासीको भनाइ छ । यस क्षेत्रमा बढेको हात्ती आतङ्कलाई नियन्त्रण गर्न सम्बन्धित निकाय मौन रहेको स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस