८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निम्न तथा मध्यम वर्गीय परिवारको सपना

अ+ अ-

विश्व मानचित्रमा केही हिस्सा ओगटेको एक सुन्दर देश हो ‘नेपाल’ । भौगोलिक बनावट, सांकृतिक विविधता, भेषभुषा, भाषालगायत अनेकरुपमा नेपाल साँच्चिकै स्वर्ग छ । हिमाल, पहाड, तराई तिनै किसिमको सम्मिश्रण अनि अनेक किसिमका सुन्दरताले भरिपूर्ण देश हो ‘नेपाल’ । प्रकृति पनि अनेक स्वरूपमा विभाजित भएजस्तै यस सुन्दर देशमा रहेका हामी मानिसहरूलाई पनि नचाहँदा नाचाहाँदै अनेक वर्गमा विभाजित गरिदिएका छन् । यहाँ हरेक नेपालीको आ–आफ्नै छुट्टै पहिचान छ । साथै सबै मानिससँग आ–आफ्नै किसिमको क्षमता रहेको छ । त्यही क्षमता र अवसरको सही (वा गलत) तरिकाले प्रयोग गरी हाँसिला गरेको आर्थिक स्थितिले सम्पूर्ण नेपालीलाई तीन वर्गीय परिवारको रूपमा विभाजन गरेको छ, – ‘निम्न, मध्यम, र उच्च’ ।

निम्न, मध्यम र उच्च जुनसुकै किसिमको परिवार भएतापनि सबैको आ–आफ्नै सपना हुने गर्दछ । जब मानिस जन्मन्छ अनि उसमा सोच आउन थाल्छ । त्यसपश्चात् सधैँ उसले ठुलो मान्छे बन्ने सपना देख्दछ । थाहा छैन उसलाई उ कुन समयमा ठुलो हुन्छ र कुन समयलाई ठुलो मानिन्छ ? तर पनि उसको यही चाहना पुरा गर्ने क्रममा लाग्दा लाग्दै मृत्युवरणसम्म हुने गर्दछ ।

हामी आर्थिक स्थितिको हिसाबले आर्थिक हैसियत धेरै भएकालाई उच्च परिवार भन्ने गर्दछौँ । भने आर्थिक स्थिति सामान्य भएकालाई मध्यम अनि बिहान बेलुका दुई छाक राम्ररी पेट भरी खानको लागि सधैँ चिन्तित हुनुपर्ने अवस्थाको परिवारलाई निम्न भन्ने गर्दछौँ ।

हिमाल, पहाड, तराई जुनसुकै क्षेत्रमा जाँउ त्यहाँ रहेका मध्यम तथा निम्न परिवारको व्यक्तिमा सधैँ एउटै सपना हुने गर्दछ । कि ‘आफूलाई पायक पर्ने स्थानमा थोरै जग्गा किनेर एक सुन्दर घर बनाऊँ’ । तपाईँ हामीले धेरै सुनेका र धेरै देखेका छौँ । एक गरिब परिवारको अभिभावकलाई सोधौँ तपाईँको प्रामाणिकता परेको सपना के हो ? उसको जबाफ सधैँ एउटै हुने गर्दछ । ‘एउटा राम्रो घर बनाएर यी छोराछोरीलाई राखी आँफू पनि त्यहीँ खुसीसाथ रमाउन पाउँ, मेरा छोराछोरीले मैले जस्तै बस्नका बासका निम्ति आफ्नो पुरा जीवन सुम्पिन नपरोस् ।’ त्यही प्रश्न ती गरिब तथा मध्यम वर्गीय परिवारको सदस्यलाई सोधौँ । उसको पनी जवाफ त्यहि नै हुने गर्दछ । तर शैली फरक ‘आफ्नै नाममा एउटा जग्गा किनेर एउटा सुन्दर घर निर्माण गर्न सकौँ, सधैँ यो झुप्रो घरमा हावाहुरी अनि पानी झरीको चिन्ता लिएर कति बस्नु ?’

निम्न तथा मध्यम वर्गीय परिवारको अन्य सपनाहरू प्रथामितामा कमै मात्रामा पर्ने गर्दछन् । हामीले हाम्रो तथ्याङ्कलाई नै हेरौँ, वर्षेनी लाखौँ मानिसहरू खाडी मुलुकमा आफ्नो श्रम बेच्न गइरहेका हुन्छन् । आफ्ना परिवार, नातागोता, इष्टमित्र अनि जीवनभर साथ दिन्छु भनी बाचा बाँधेका श्रीमान्/श्रीमती र ती कलिला छोराछोरी सबैलाई छाडी परदेशमा आफ्नो श्रम त्यो मरुभूमिमा बेचिरहेका छन् । किनकि उनीहरू सबैको एउटै सपना छ, ‘मेरा सन्तान/परिवारलाई एउटा घरबनाएर त्यहीँ राख्न सकूँ उनीहरूले मैले जस्तै सामान्य कुरामा आफ्नो ऊर्जाशील समय र पुरा जीवन व्यतीत गर्नु नपरोस् ।’

विदेश गएका मात्र हैन नेपालमा रहेकाको सपना पनि त्यही अडिएको हुन्छ । सायद यो घर जग्गाले मानिसलाई आर्थिक रूपमा वर्गमा विभाजन नगरेको थियो भने अनि हरेक मानिसलाई बस्नका लागि हावाहुरीबाट साथै त्यो झरीलाई छेक्ने एक पक्की घर निर्माण गर्न उच्च परिवारकाले जस्तै पूरै जीवन व्यतीत गर्नु नपर्ने थियो भने उनीहरूको सपना पनि पक्कै फरक हुने गर्दथ्यो ।’ यदि यो घरजग्गा प्राथमिकतामा पर्दैन थियो भने उनीहरूले आफ्नो जीवनको उर्जाशिल समयमा प्राप्त गरेको पैसा अन्य क्षेत्रमा लगानी गरी आफू र आफ्नो देशलाई समृद्ध बनाउन ठुलो टेवा पुर्‍याउन सक्थ्यो ।

पहिलो प्राथमिकता ‘घर निर्माण’ मा व्यतीत गर्दा अनेकौँ सपनालाई तिलाञ्जली दिएका उदाहरणहरू प्रशस्त मात्रामा पाइन्छ । यति मात्र हैन हाम्रो समाजले पनि हामीलाई सधैँ एउटै प्रश्न गरिरहन्छ ‘के तिम्रो आफ्नो घर जग्गा छ ?’ जब उसको जवाफ छैन वा अन्य केही गर्दैछु भन्ने आउँछ तब फेरी त्यही समाजले लगत्तै अर्को प्रश्न तेर्साइहाल्छ । केही काम गरेँ, गरिरहेको छु भन्छौ तर एउटा घर पनि निर्माण गर्न सकेनौँ भने के गर्न सकेछौ त ? यस्तै प्रश्नलाई सहजै सम्बोधन गर्ने अवस्था नआउन्जेल ती निम्न तथा मध्यम वर्गीय परिवारको ठुलो सपना नै त्यहीमै रुमल्लिने गर्दछ । सपना हरेक मानिसको हरेक किसिमको हुने गर्दछन् । ती सपना पूरा गर्न उसले धेरै कुरालाई तिलाञ्जली दिएको भेटिन्छ । अनि उच्च तरिकाले जीवन जिउने अधिक चाहना भएता पनि आफ्नो जीवनशैली परिवर्तन गर्ने गर्दछ ।

मानिसका सबै सपनाहरू पुरा हुन सक्दैनन् । तर यो सपना समाज, परिवार आफन्तसँग जोडिएको र सधैँ प्रश्नको सामना गरिरहनु पर्ने भएकाले नै प्राथमिकतामा पर्ने गरेको छ ।  प्राथमिकतामा परेको सपनालाई तपाईँ, हामी “निम्न तथा मध्यम वर्गीय परिवार” का सदस्यलाई पुरा गर्नुपर्ने बाध्यता त छँदैछ तर प्राथमिकता पूरा गर्ने चक्करमा अरू सपनालाई पूर्णरुपमा तिलाञ्जलि नदिऔँ । कुनै सपना सानो/ठुलो हुँदैन अनि सपना त्यसले देख्ने गर्दछ जसमा हिम्मत र चाहाना हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस