७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्युठानमा व्यावसायिक सुन्तला खेती : बजारीकरणको माग

अ+ अ-

झिमरुक । प्युठानको झिमरुक गाउँपालिका–७ तुषारामा व्यावसायिक रुपमा सुन्तला खेती गरिँदै आएको छ ।

यहाँका किसानले परम्परागत रुपमा गरिँदै आएको सुन्तला खेतीलाई व्यावसायीकरण गर्न थालेका छन् । हावापानीका हिसाबले उपयुक्त तुषारामा करीब ५० किसानले व्यावसायिक रुपमा सुन्तला खेती गरेका छन् । घरपरिवारमा खानका लागि करीब एक सय परिवारले सुन्तलाका बोट लगाए पनि केहीले व्यावसायिक खेती शुरु गरेको सुन्तला उत्पादन कृषक समूहका अध्यक्ष मोहन जिसीले बताए।

व्यावसायिक रुपमा सुन्तला खेतीलाई बढावा दिन २५ किसानको समूह गठन गरिएको छ । जिसीका बारीमा हाल सानाठूला गरी सुन्तलाका १५६ बोट छन् । अघिल्लो आर्थिक वर्षमा रु एक लाख १० हजार बराबरको सुन्तला बिक्रीसमेत गरिएको उनले बताए । यस क्षेत्रका किसानले याममा रु २० देखि ३० हजारसम्मको सुन्तला बिक्री गर्दै आएका छन् । रोग तथा कीराबाट बचाउन सक्ने हो भने सुन्तलाले राम्रो उत्पादन दिने उनको भनाइ छ ।

यसपूर्व प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत बगैँचा व्यवस्थापन र नयाँ बेर्ना लगाउन प्रोत्साहन गरिएपछि सुन्तला खेतीतर्फ किसान थप आकर्षित भएको अध्यक्ष जिसीले बताए । यहाँका किसानले अझै पनि परम्परागत रुपमा सुन्तला खेती गरेका कारण यसलाई व्यावसायिकीकरण र बजारीकरण गर्न आवश्यक रहेको उनको भनाइ छ । गाउँदेखि बजार क्षेत्र बाग्दुला र बिजुवारमा सम्पर्क गरी पठाउँदा उचित मूल्य नपाएको किसानको गुनासो छ ।

प्युठान नगरपालिका–१० का रविलाल रोका मगरले पनि व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका छन् । उनले आफ्नो जमीनमा सानाठूला गरी सुन्तलाका करीब २०० बोट लगाएका छन् ।

बाबुबाजेले लगाउँदै आएको सुन्तलालाई पछिल्ला वर्षमा व्यावसायीकरण गरिएको उनले बताए । विभिन्न निकायको सहयोगमा सुन्तला खेती फष्टाउनसमेत सहयोग भएको उनको भनाइ छ । सुन्तलासँगै उनले मौसम खेती पनि गरेका छन् ।’फलफूल बिक्रीवितरणबाटै घरपरिवार चलाएको छु’, उनले भने, ‘राम्रो आम्दानी हुन थालेपछि यसलाई व्यावसायीकरण गरेको हुँ ।’यस वर्ष भने असिनाले दानामा असर गर्दा उत्पादनमा कमी आउने उनको भनाइ छ ।

मगरसंँगै प्युठान– ९ र १० मरन्ठानाका करीब ५० किसानले सुन्तला र मौसम खेती गर्दै आएका छन् । एक जना किसानले याममा करीब चार क्विन्टलसम्म सुन्तला र मौसम बिक्रीवितरण गर्ने स्थानीयवासी रमेश गिरीले बताए । यहाँका किसानले उत्पादन गरेको फलफूल बिक्रीका लागि नगरपालिकाले निःशुल्क ढुवानी गरिदिने व्यवस्था मिलाएको छ । दशैंँतिहार जस्ता ठूला चाडपर्वमा लाग्ने मेलामा नगरपालिकाले ढुवानी गरिदिएपछि फलफूलले उचित मूल्य पाएको र किसानलाई सहज भएको गिरीले बताए ।

स्वर्गद्वारी नगरपालिका २ धनवाङका पटमान रोका मगरले पनि व्यावसायिक रुपमा सुन्तला खेती शुरु गरेका छन् ।

लामो समयसम्म भारतीय सेनामा जागिर गरेर अवकाशपछि घर फर्किएर परम्परागत रुपमा गरिँदै आएको सुन्तला खेतीलाई व्यावसायीकरण गरिएको मगरले बताए । उमेरले ६५ वर्ष पुगेका पटमानले श्रीमती दिलमायाका सहयोगमा २०७१ सालदेखि व्यावसायिक रुपमा सुन्तला खेती गरेको बताए । उनले हाल आफ्नै ११ रोपनी क्षेत्रफलमा सुन्तलाका पाँच सयभन्दा बढ बोट रोपेका छन् ।

स्थानीयवासी जङ्गबहादुर घर्तीको नर्सरीबाट बिरुवा किनेर खेती शुरु गरेका पटमानले मकैबारीमा मकैसँंगै सुन्तला लगाएका छन् । एकै ठाउँबाट दुवै उत्पादनले आम्दानी हुने उनको विश्वास छ ।

अन्य खेतीमा पटकपटक मेहनेत गर्नु पर्ने भए पनि सुन्तला खेतीमा वर्षका एकदुई पटक मलजल गरेपछि राम्रै फल पाइने पटमानले बताए । सुन्तलालाई प्राङ्गारिक मलका लागि चार गाईसमेत उनले पालेका छन् । पछिल्लो समय सुन्तलामा कीरा लाग्ने, जरामा झोपा लाग्ने तथा सेतो, पहेंँलो रोग लाग्ने हुनाले विषादी प्रयोग गर्नु परेको उनी बताउछन् ।

परम्परागत रुपमा बारीको ढिककाल्नामा सुन्तला खेती गरिए पनि हाल भने आफ्नो जग्गाको पूरै क्षेत्रफलमा सुन्तला लगाइएकोे उनको भनाइ छ । सडकको पहुँचबाट अलि टाढा रहेको सो गाउँमा हाल सडक निर्माण भएसँगै उत्पादन गरिएका सबै वस्तुले सहज रुपमा बजार पाउने किसानको आशा छ ।

यससंँगै प्युठानका विभिन्न क्षेत्रमा परम्परागत रुपमा रहेका सुन्तला खेतीलाई पछिल्लो समय व्यावसायिकीकरण गरिँदै आएको पाइन्छ । जिल्लाका ऐरावती, नौबहिनी गाउँपालिकासहित स्वर्गद्वारी नगरपालिकामा समेत व्यावसायिक रुपमा सुन्तला खेती हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस