१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महामारीमा एनआरएनएको भूमिका प्रशंसनीय : मन्त्री ज्ञवाली

अ+ अ-

काठमाडौं । मध्यपूर्वका चार देशमा लागू हुने आइएलओको परियोजनाका लागि गैरआवासीय नेपाली संघले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छलफल गरेको छ ।

मध्यपूर्वका देशमा रहेका नेपालीको समस्याका बारेमा केन्द्रित भर्चुअल छलफललाई सम्बोधन गर्दै उनले कोभिड-१९ कारण उत्पन्न असहज परिस्थितिमाझ गैरआवासीय नेपाली संघले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए । उनले महामारीका बेला विदेशस्थित गैरआवासीय नेपाली संघ र विदेशस्थित नेपाली दूतावासबीच निकै राम्रो सहकार्य भएको भन्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिइने उल्लेख गरे ।

विदेशबाट फर्किएका नेपालीलाई नेपालमै उनीहरुको क्षमता र सीपका अनुसार रोजगारीको वातावरण तयार गर्न सरकारले रणनीति बनाइरहेको र कतिपय योजनासमेत बनिसकेको उनको भनाइ थियो । नेपाल फर्केका नेपालीको ज्ञान र सीपको तथ्याङ्क सङ्कलन गर्ने कार्यमा संघले सहकार्य गर्न सक्ने मन्त्री ज्ञवालीले बताए।

छलफलमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले विदेशमा बस्ने नेपालीले राज्य सरह संघप्रति अपेक्षा राख्ने गरेको अनुभव सुनाउँदै सरकारसँग सोही तहको सहकार्यको अपेक्षा राखेको बताए । संघको साधन र स्रोतले सबै समस्यालाई समाधान गर्न नसक्ने भएको कारणले अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य शुरु गरिएको जानकारीसमेत उनले गराए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वैदैशिक रोजगार समितिका संयोजक तथा उपाध्यक्ष डा.बद्री केसीले कोरोना सङ्क्रमणपछि समस्यामा परेका नेपालीको सहयोगको लागि ती देशमा आइएलओसँग सहकार्य गरेर स्वंयसेवा तथा कानूनी परामर्श सहितको पाँचमहिने कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए ।

कार्यक्रममा संघका महासचिव डा हेमराज शर्माले कोभिड-१९ को कहरका बीच संघको आयोजनामा हुने दोस्रो विज्ञ सम्मेलनको बारेमा जानकारी गराएका थिए । उनले विदेशमा स्वास्थ्य क्षेत्रमा सक्रिय नेपाली चिकित्सक एवं विज्ञको सहयोग लिएर अघि बढ्न नेपाल सरकारलाई सुझाव दिए ।

कार्यक्रममा कतार, मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई) र साउदी अरबस्थित नेपाली राजदूत, संघका केन्द्रीय पदाधिकारी, श्रमसहचारी, राष्ट्रिय समितिका अध्यक्षलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस