सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाको पहलमा आज जन्मिएकी एक शिशुको श्वासप्रश्वासमा समस्या आएपछि हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ पठाइएको छ ।
वडा नं-७ मा रहेको इचोक बर्थिङ सेन्टरमा सुत्केरी भएकी महिलाको शिशुको फोक्सोले काम नगरेपछि थप उपचारका लागि कैलाश एयरको हेलिकप्टरमार्फत कान्ति बाल अस्पताल काठमाडौँ पठाइएको हो ।
गाउँपालिकाले आफ्नै खर्चमा हेलिकप्टरमार्फत वडा नम्बर-१ की फुर्वा डोल्मा तामाङले जन्माएको शिशुले श्वास फेर्न नसकेपछि ज्यान बचाउन तत्काल हेलिकप्टरको व्यवस्था मिलाई थप उपचारका लागि काठमाडौँ पठाइएको गाउँंपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।