८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुरमा सुरक्षा व्यवस्था कडा

अ+ अ-

ललितपुर । स्थानीय प्रशासनले ललितपुर जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको छ । रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा हुनसक्ने सम्भावित जोखिममलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार ललितपुरमा यही २६ गतेसम्म विशेष सुरक्षा व्यवस्था अपनाइएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३, क) बमोजिम ललितपुर महानगरपालिकाभित्र यही भदौ २६ गतेसम्म हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी आदेश जारी गरिएको उनले जानकारी दिए । उक्त आदेश उल्लङ्घन गरेमा कानूनबमोजिम कारबाही हुने जनाइएको छ ।

मुख्यगरी रातो मछिन्द्रनाथको रथ रहेको आसपास क्षेत्रको पूर्व मदन स्मारक स्कूल अगाडिको चोक, पश्चिम ललितपुर महानगरपालिकाको कार्यालय, दक्षिण सेन्टजेभियर्स स्कूल अगाडिको चोक, उत्तर बखुण्डोल चोक क्षेत्रभित्र उक्त आदेश लागू हुनेछ ।

यस्तै श्रीमीननाथको रथ रहेको आसपास क्षेत्रको पूर्व मङ्गलबजार चोक, पश्चिम मदन स्मारक स्कूल अगाडिको चोक, दक्षिण पूर्वचण्डि मन्दिर, उत्तर पिमबहाल क्षेत्रभित्र लागू हुने गरी उक्त आदेश जारी गरिएको छ । उक्त आदेश बिहान ५ देखि राति १० बजेसम्म लागू हुनेछ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सम्भावित जोखिम क्षेत्र पहिचान गरी आवश्यक मात्रामा सुरक्षाकर्मी परिचालन गरेको जानकारी दिए । उनका अनुसार सूचना सङ्कलन तथा घुमुवा टोलीसमेत परिचालन गरिएको छ । सादा पोशाकमा पनि प्रहरी टोली खटाइएको छ । ठाउँठाउँमा सशस्त्र प्रहरीसमेत परिचालन भएका छन् ।

स्थानीयवासीबाट समेत राम्रो साथ पाइएकाले शान्तिपूर्ण रुपमा कार्यक्रम जारी रहेको उनले बताए । ललितपुरमा केही दिनअघि रथ तान्ने क्रममा प्रहरी र स्थानीयवासीबीच झडप भएको थियो । सोही कारण स्थानीय प्रशासनले भदौ १९ गते कफ्र्यू आदेश जारी गरेको थियो । रोकिएको रथ तान्ने कार्यक्रम आजदेखि शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस