७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउन दिइएको दोस्रो साइत पनि गलत’

अ+ अ-

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष ढिला गरी तानिएको रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउन दिइएको दोस्रो साइत पनि नमिलेको भन्दै ज्योतिषीले आपत्ति जनाएका छन् ।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउने साइत भदौ २६ गते शुक्रबार दिइएकामा ज्योतिषीले नमिलेको भनी प्रतिक्रिया दिएपछि भदौ २९ गतेको दोस्रो साइत सार्वजनिक गरिएको थियो । भदौ २९ गते सोमबार द्वादशी तिथि र तिष्य नक्षत्र छ । ज्येष्ठा नक्षत्रले तिष्य नक्षत्रलाई बेध गरेकाले यस्तो समयमा शुभकार्य गर्न नमिल्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) का सम्पादकको भनाइ छ ।

भदौ २९ गते सोमबार दिउँसो १ः२४ सम्म तिष्य नक्षत्र छ । रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउन दिइएको साइत त्यसअघि नै पर्ने तोयनाथ पन्तको पात्रो (पञ्चाङ्ग) का सम्पादक सूर्यनाथ पन्तले जानकारी दिए । साइत हेर्दा तिथि र नक्षत्रको शुद्धाशुद्धिमा ध्यान दिइनुपर्नेमा भदौ २१ गते आइतबार चतुर्थी तिथिका दिनको साइत रथ तान्नका लागि भनी दिइनु पनि गलत भएको उनले बताए। भदौ २१ गते आइतबार नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख भएअनुसार रिक्ता समूहमा पर्ने चौँथी तिथि परेको थियो । यसैगरी अश्विनी नक्षत्र पनि परेकाले पनि शुभ कामका लागि साइत दिन नहुने उनको भनाइ छ । रिक्ता तिथि र अश्विनी नक्षत्रलाई सूर्यले बेध गरेकाले पनि यस्तो साइत दिनु ठिक नभएको ज्योतिषीको भनाइ छ ।

ज्योतिषविद् एवं वास्तुशास्त्री शिव पोखरेल इन्द्रजात्राको साइतका विषयमा ज्योतिष शास्त्रका बृहतसंहितालगायत ग्रन्थमा उल्लेख भएपनि रातो मच्छिन्द्रनाथको साइतका विषयमा उल्लेख भएको ग्रन्थ आफूले नभेटेको बताउँछन् । रातो मच्छिन्द्रनाथकै विषयमा साइत निकाल्ने फरक तरिका उल्लेख भएको ग्रन्थ नभएपनि सामान्य रुपमा साइत दिनु नहुने समयकै साइत भदौ २१ गते आइतबार दिइएको पाइएको उनले जानकारी दिए । तिथिको हिसाबले भदौ २० गते शनिबार वा भदौ २२ गते सोमबारको साइत किन नदिएको होला भन्ने आफूलाई लागेको ज्योतिषी पोखरेल बताउँछन् । भदौ २६ गते मच्छिन्द्रनाथलाई बुङ्मती लैजाने साइत पनि गलत भएको ज्योतिष शास्त्रीहरुको भनाइपछि भदौ २९ गते सोमबारको साइत दिइएको छ ।

‘सीमित समयको उत्तम साइत’
किन आइतबारकै साइत रथ तान्न, भदौ २६ र २९ गतेको साइत मच्छिन्द्रनाथलाई बुङ्मतीमा भित्र्याउन दिइएको भन्ने सम्बन्धमा प्रतिक्रिया लिन जात्रा चलाउने गुठी संस्थान ललितपुरका प्रमुख राजन भुजुले भदौ २२ गतेदेखि असोज १ गतेभित्र रातो मच्छिन्द्रनाथलाई बुङ्मती लैजाने साइत दिनुपर्ने भएकाले भदौ २९ गतेको साइत दिइएको बताए । ज्योतिष शास्त्रको ग्रन्थ मुहूर्त चिन्तामणि अनुसार सबैभन्दा उपयुक्त साइत दिएको पनि उनले बताए। भदौ २६ गते साइत दिएको भए आफैँले बिरोध गर्ने ज्योतिषी पूर्णमङ्गलको भनाइ थियो ।

पाटनका चार टोलका चार खलकमध्येको प्रतिनिधित्व हुने गरी रातो मच्छिन्द्रनाथ जात्रासँग सम्बन्धित साइत निकाल्ने गरिएकामा विगत ५० वर्ष अघिदेखि भने न्यउत र बखुम्बहाल टोलको प्रतिनिधित्व हुन सकेको छैन । हाल डौबहालबाट पूर्णमङ्गल र नागबहालबाट कीर्तिकिरण जोशी दुई जनामात्र साइत निकाल्न सहभागी हुने गरेका छन् ।

असोज २ गतेदेखि अधिकमास लाग्ने भएकाले सीमित समयभित्रबाट राम्रो साइत निकाल्नुपर्दा भदौ २९ गतेको साइत निस्किएको ज्योतिषी कीर्तिकिरण बताउँछन्। सोमबार बिहान १०ः५ देखि १०ः२० भित्रमा रातो मच्छिन्द्रनाथालाई बुङ्मतीतिर लैजाने साइत दिइएको उनले बताए । प्रायःजसो जेठ महिनामै रथयात्रा गरी भोटो जात्रा गरिने मच्छिन्द्रनाथको कार्यक्रम यस वर्ष कोरोना भाइरस फैलने डरले स्थगित गरिँदै आएको थियो । कोरोनाबाट बच्न जारी निषेधाज्ञाकाबीच गत हप्ता स्थानीयवासी जात्रा गर्नुपर्ने माग गर्दै सडकमा उत्रिएपछि रथ तान्न दबाब परेको थियो ।

रातो मच्छिन्द्रनाथको रथ तान्न र बुङ्मती भित्र्याउने साइत दिने फरक नियम छ भने त्यो सार्वजनिक गर्नसमेत ज्योतिष शास्त्रीले माग गरेका छन् । साइत निकाल्न सहभागी हुने गर्नुभएका दुवै ज्योतिषीले दिएको जानकारीअनुसार पुर्खाले बनाइदिएको निश्चित सूत्रलाई आधार मानी ज्योतिष शास्त्रको सिद्धान्तअनुसार नै साइत दिइने गरेको छ ।

प्रतिक्रिया दिनुहोस