८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दीर्घरोगका बिरामीको निःशुल्क पिसीआर परिक्षण

अ+ अ-

बुटवल । बुटवल उपमहानगरपालिकाले लामो समयसम्म जटिल उपचार गर्नुपर्ने विभिन्न खालका दीर्घरोगका बिरामीको आजदेखि कोरोना परीक्षण निःशुल्क गर्ने भएको छ ।

नेपाल सरकारबाट तोकिएका क्यान्सर, मृगौलाको डायलाइसिस गर्नुपर्ने बिरामी, मुटु रोग, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाबाट पीडित बिरामीको निःशुल्क पिसीआर परीक्षण गर्ने निर्णय गरिएको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए । उपमहानगरपालिकाले यस खालको सुविधा उपमहानगरपालिकाभित्र बसोबास गर्ने नगरवासीलाई प्रदान गर्ने निर्णय गरेको नगरप्रमुख सुवेदीले बताए ।

यो सुविधा लिने सेवाग्राहीले आफु बसोवास गर्दै आएको वडा कार्यालयको सिफारिस र रोगको उपचारका अन्य आवश्यक कागजातसहित आउनुपर्ने व्यवस्था गरिएको छ । यसका लागि उपमहानगरपालिकाका स्वास्थ्य क्षेत्रका कर्मचारीलाई जिम्मेवारी तोकिएको जनाइएको छ ।

यस खालका बिरामीको स्वाब सङ्कलनका लागि नगरका वार्ड नं. ११ बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रमा र वार्ड नं.१४ स्थित सेमलार स्वास्थ्य चौकीमा व्यवस्था गरिएको उपमहानगरपालिकाका शिक्षा, स्वास्थ्य तथा जनसंख्या महाशाखा प्रमुख मित्रमणि खनालद्धारा जारी सूचनामा जनाइएको छ ।

उपमहानगरपालिकामा यस खालका उपचार गराइरहेका दीर्घरोगका बिरामीको यकिन तथ्याङ्क आउन नसके पनि वार्डगत सिफारिसका आधारमा करिब दुई सयको सङ्ख्यामा रहेको अनुमान गरिएको प्रमुख प्रशासकिय अधिकृत चक्रपाणि शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस