१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एउटा व्यक्ति नेतृत्वमा सधैँ रहिरहनुपर्छ भन्ने छैन : कुलमान घिसिङ

अ+ अ-

काठमाडौं । नेपाल विद्युत प्राधिकरणबाट चार वर्षे कार्यकाल पूरा गरेका कार्यकारी निर्देशक कुलमान घिसिङ बिदा भएका छन्।

४ वर्षे कार्यकाल सोमबार पूरा गरेपछि मंगलबार प्राधिकरणमा आयोजित बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङ बिदा भएका हुन्।

सरकारले उनलाई पुनः कार्यकारी निर्देशकको रुपमा नियुक्त गर्ने चर्चा चलिरहेका बेला उनले एउटै व्यक्ति एउटा जिम्मेवारीमा सधै रहिरहनुपर्छ भन्ने नभएको बताए। उनले केही पनि विकल्परहित नरहेकोसमेत प्रष्ट पारे।

‘हिजो विद्युत प्राधिकरणमा को आयो को गयो कसैलाई थाहा हुँदैन थियो। अहिले कार्यकारी निर्देशकको पोष्टको चर्चा आएपछि प्राधिकरणको इज्जत बढेको ठान्नु पर्छ। यो विषय हाम्रो लागि राम्रो हो’, बिदाइ भाषणमा घिसिङले भने, ‘कार्यकारी निर्देशक आउने जाने हुन्छ। एउटा व्यक्ति सधैँ रहिरहनुपर्छ भन्नेमा म छैन। विकल्परहित केही हुँदैन।’

घिसिङले प्राधिकरणमा आफू रहदा हिजोको भन्दा बढी काम भएको बताए। उनले कर्मचारीलाई सुविधा बढाउनेदेखि अन्धकार नेपाललाई उज्यालो नेपाल बनाएको विषयको सम्झना गरेका छन्। ‘प्राधिकरणमा म नहुँदा नेतृत्व गर्न योग्य व्यक्ति हुनुहुन्छ। लिडरसीपले मोटिभेसन गर्नुपर्छ। हिजोको भन्दा हामीले केही राम्रो गरेका छौँ। त्यसको इन्टेन्सिप पाएका पनि छौँ।

कर्मचारीको वृत्तमा पनि केही सुविधा भएका छन्। अगामी दिन प्राधिकरणको लक्ष्य एकदम सुन्दर छ’, घिसिङले भने। बिदाइका क्रममा लिखित भाषण गर्दै घिसिङले आफूलाई सहयोग गर्ने सबैको सम्झना गरेका छन्। घिसिङ २०७३ भदौ २९ गते चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा नियुक्त भएका हुन्।

बिदाइ भाषणको क्रममा घिसिङले आफू कार्यकारी निर्देशक बन्दा वर्षातको समयमा ६ देखि ८ घण्टासम्म र अन्य समयमा १४ घण्टासम्म लोडसेडिङ भएको कुराको सम्झनासमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस